चिसो मौसममा हात र खुट्टामा रातो छाप बस्ने, दुख्ने, सुनिने गर्छ । औँलाहरुमा अझ बढी असर पर्न जान्छ । यस्तो अवस्थाामा हात-खुट्टा अत्याधिक चिलाउने समस्या पनि हुन्छ । अनि बढी कनाउँदा घाउ हुने पनि उत्तिकै सम्भावना हुन्छ ।
चिसो समयमा नाङ्गोे खुट्टा हिँड्दा या तापक्रम अचानक परिवर्तन हुँदा यस्तो समस्या हुने गर्छ । जुन ‘कनेक्टिभ टिश्युज डिजिज’को समस्या हो । तर, साधरण विधि अपनाएर यसबाट बच्न भने सकिन्छ ।
सहयोगी सिधेनुन
चिसोले हात-खुट्टा सुनिन र पोल्नबाट बच्नको लागि सिधेनुनको प्रयोग गर्न सकिन्छ । तातो पानीमा सिधेँनुन मिलाएर सुनिएको छाउँमा १०/१५ मिटेसम्म सेक्दा राहत मिल्ने गर्छ । तातो पानीले दुखाईलाई कम गर्छ भने सिधेनुनले शरिरमा भएका म्याग्नेशियमको कमीलाई पूर्ती गर्ने काम गर्छ । यसले जाडोमा हुने सुख्खापन र कक्रिने समस्याबाट पनि बचाउने गर्छ ।
तेल र मैनबत्ती
चिसोमा हात र खुट्टा सुनिन र रातो हुनबाट बच्नको लगि मोमबत्ती र ससौँको तेल अचुक ओषधी बन्न सक्छ । त्यसको लागि पहिला कचौरामा सर्सौँको तातो बनाउनुपर्छ । र, त्यसमा एउटा मैनबत्ती राख्नुहोस् ।
यसलाई त्यतिबेलासम्म तताउनुस्, जतिबेलासम्म मैनबत्ती पुरै पग्लीदैन । अनि यसलाई चिसो भएको र सुनिएको ठाउँमा लगाउन सक्नुहुन्छ । यसरी लगाएपछि हल्का हातले मसाज गर्नुपर्छ । यसरी दिनमाम दुईदेखि तीन पटकसम्म मसाज गर्दा राहत मिल्ने गर्छ ।
जैतुन र नरिवलको तेल
कचौरामा जैतुन वा नरिवलको तेल लिनुहोस् र तताउनुहोस् । त्यसपछि त्यो तेलले खुट्टामा मसाज गर्नुस् । यसो गर्दा चिसो मौसममा तपाईले सहज अनुभव गर्न सक्नुहुन्छ ।
आटा पीठो पनि फाइदाजनक
हामीले आटाको पीठोको रोटी सेवन गर्छौँ । धेरैको रोजाईमा पर्ने यस्तो रोटी स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुन्छ । यसको अर्को पनि फाइदा छ । पहिला आटालाई तताएर त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि चिसोकोक कारणले जुन ठाउँ प्रभावित बनेको हुन्छ त्यहाँ लगाउनुपर्छ । त्यस्तो पेस्टलाई करिव ३० मिनेटसम्म रहन दिनुहोस् र त्यसपछि मनतातो पानीले सफा गर्नुहोस् । यसो गर्दा तपाईको समस्या धेरै हदसम्म कम भएर जाने गर्छ ।
केही टिप्स
– विहान वा साँझको बेला अत्याधिक पानीको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो समयमा तातो पानीको प्रयोग गर्न जरुरी हुन्छ ।
– वाहिर निस्कने समयमा हातमा ग्लोब्स र खुट्टामा मोजा अनिवार्य हुनुपर्छ ।
– सम्भावना भएमा चिसोको समयमा सुती या उनीको कपडा पहिरिन आवश्यक हुन्छ । काम चिसोमा सुती र चिसोमा सुतिमामथि उनीको मोजा वा ओछ्यानको प्रयोग गर्दा चिसोबाट बच्न सकिन्छ ।
– यति गर्दा पनि समस्या भएमा तुरुन्त चिकित्सकलाई बचाउनको जरुरी हुन्छ ।
प्रतिक्रिया 4