+

हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २२० जनाले लिए सेवा

२०८१ फागुन  ४ गते ११:१० २०८१ फागुन ४ गते ११:१०
हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २२० जनाले लिए सेवा

४ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरबाट २२० जनाले सेवा लिएको कार्यक्रम संयोजक डा. सुष्मा साउदले जानकारी दिइन् ।

डा. साउदका अनुसार हेलम्बु गाउँपालिकाको सहयोगमा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र वडा नम्बर ७ का वडाअध्यक्ष निलबहादुर खड्काले स्वास्थ्य जाँच गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए ।

हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा भएको शिविरका लागि काठमाडौंबाट एक विशेषज्ञसहित १० बीएएमएस डाक्टर, जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट एकजना र एक फिजियोथेरापिस्ट पुगेका थिए ।

कार्यक्रम संयोजक डा.साउदका अनुसार, शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण गरिएको थियो।

शिविरमा धेरैजसो बिरामीमा हाडजोर्नी र नशाको समस्या लिएर आएका उनले बताइन् । साथै महिलाको तल्लो पेट दुख्ने, महिनावारी गडबडीजस्तो समस्या पनि धेरै देखिएको डा. साउदले जानकारी दिइन् ।  शिविरमा खानपान, जीवनशैली, योग र आरोग्यबारे परामर्श तथा जनचेतनामुलक सन्देश प्रदान गरिएको थियो।

आयुर्वेद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय