Comments Add Comment

मेलम्ची नगरपालिकालाई समृद्ध बनाउने प्रदेश सरकारको योजना

१३ मंसिर, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका कारण चर्चामा रहेको मेलम्ची नगरपालिकाको दीर्घकालीन सोच २०९० अघि सारिएको छ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको अगुवाइमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची नगरपालिकालाई समृद्ध बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेका हुन् ।

‘मेलम्ची खानेपानी आयोजनाका कारण पनि मेलम्ची नगरपालिका सहित आसपासका गाउँपालिका चर्चामा छ,’ मन्त्री दुलालले भने, ‘त्यसैले प्रदेश सरकारले मेलम्ची समृद्धिका लागि दीर्घकालीन सोच अघि सारेका छ ।’

सामाजिक विकास मन्त्रालयले अगाडि सारेको दीर्घकालीन सोचमा नगरपालिकाको भू-बनोट र हावापानीका आधारमा उपलब्ध प्राकृतिक श्रोत र साधनको दिगो र अधिकतम सदुपयोग गर्दै, वातावरणीय स्वच्छता कायम राख्दै, प्राकृतिक सुन्दरताको संरक्षण र विकास गर्दै अघि बढ्न दीर्घकालीन रणनीति तय गरिएको हो ।

नगरपालिका र सामाजिक विकास मन्त्रालयको प्रमुख प्राथमिकतामा कृषि, उद्योग, पर्यटन र जलाधारको माध्यामबाट रोजगारी सिर्जना र उत्पादन वृद्धि गरी वि.संं. २०९० सम्ममा स्वच्छ, सुन्दर र समृद्ध मेलम्ची नगरपालिका निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ ।

मन्त्रालयले नगरपालिकासँग समन्वय गरेर कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा दक्ष युवा जनशक्ति आकषिर्त गर्ने । जलाधार क्षेत्रको संरक्षण गरि दिगो उपभोग गर्ने उल्लेख गरिएको छ ।

मन्त्री दुलालले पेश गरेका कार्यपत्रमा इन्द्रावती/मेलम्ची नदी किनारामा करिडोर निर्माण गरि जमिन संंरक्षण र उकास गर्ने, इन्द्रावतीमा चेक ड्याम बनाइ ढुंगा, गिट्टी, बालुवा तथा दहत्तरबहत्तरको सुरक्षा र उपभोग गर्ने, नदी किनाराका संरक्षित जग्गालाई एकीकरण गरी, विभिन्न उद्योगको स्थापना र विस्तार गर्ने रहेको छ ।

त्यस्तै पर्यटकीय पूर्वाधारको विकास गरी आन्तरिक र बाह्य पर्यटनको वृद्धि गर्ने मन्त्रालयको योजना रहेका छ ।

१५८=१७ वर्ग किमी क्षेत्रफल रहेको मेलम्ची नगरपालिकामा २०६८ को जनगणना अनुसार ४५ हजार ३ सय ४३ जनसंख्या रहेको छ ।
जीवननिर्वाहमुखि कृषिलाई व्यवशायिकरण गर्ने, कृषिजन्य तथा पशुजन्य उपभोग्य बस्तुमा आत्मनिर्भर हुने ,पर्यटन प्रबर्धन मार्फतरोजगारी र आम्दानी वृद्धि गर्ने दीर्घकालीन सोचको मुख्य उदेश्य रहेका मन्त्री दुलालले जानकारी दिए ।

त्यस्तै उद्योगको स्थापना गरी रोजगारी र आर्थिक समृद्धि हासिल गर्ने, कृषि, पर्यटन, उद्योगमा नागरिक लगानी र लाभ साझेदारीको सुनिश्चितता गर्ने र प्रत्येक नागरिकलाई उद्यम या रोजगारको अवसर सुनिश्चित गर्ने बताइएको छ ।

कृषि, उद्योग र पर्यटन प्रमुख आधार

सामाजिक विकास मन्त्रालयले अघि सारेको मेलम्ची नगरपालिकाको समृद्धिको मुख्य आधार कृषि,उद्योग र पर्यटन नै मुख्य रहेका छ ।

मेलम्ची नगरपालिकाको कुल १५ हजार ५६१ हेक्टर जमीन मध्य ९ हजार १९५ हेक्टर कृषि योग्य जमीन रहेको छ र जमिनको पर्याप्त उपलब्धताले पनि पहिलो आधार कृषि क्षेत्र नै देखिएको मन्त्री दुलालको भनाइ छ ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख कृषि उपज उत्पादन हुने क्षेत्र पनि मेलम्ची भएकाले यस क्षेत्र कृषिको माध्यमबाट आर्थिक निर्भरता हुने मन्त्रालयको दाबी छ । अन्न बालिमा धान प्रमुख कृषि उपज हो ।

भोटेचौरको उपल्लो भूगोललगायतका डाँडाकाँडालाई चिया पकेट क्षेत्र, त्यसपछिको उचाईको क्षेत्रहरुलाई किवी पकेट क्षेत्र, सिन्धु उपत्यका, फटकशिला बेसीं र मेलम्चि दोभान माथीको मेलम्ची खोला आसपासलाई धान पकेट क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको समेत योजना रहेको मेयर डम्बर अर्यालले जानकारी दिए ।

काठमाडौबाट नजिक रहेको, पर्याप्त पानी र नदि करिडोर निर्माण गर्ने अवस्था रहेको र उचित मूल्य या सहुलियत दरमा भूमि उपलब्ध गराउन सक्ने अबस्था भएकोले उद्योगहरुलाई मेलम्चीमा आकषिर्त गर्न पर्नै मन्त्रालयको ठहर रहेका छ । ‘अहिले पनि धेरै क्रसर उद्योगहरु यही छ,त्यसैले यसलाई व्यवस्थीत गरेर लैजाने हो भने सम्भावना धेरै छ ।’ प्रदेश मन्त्री दुलालले भने ।

भोटेचौरको चियाबगान, प्याराग्लाइडिंग र रिसोर्टहरुले आन्तरिक पर्यटन तान्ने काम गरेको छ । राजधानी काठमाडौंको सिमानाको शिवपुरीक्षेत्रदेखि मेलम्ची दोभान हुँदै गुफा चंखुसम्मको क्षेत्रलाई नगरभित्रको पर्यटकीय रुटकोरुपमा विकास गर्नुपर्ने मन्त्रालयले योजना अघि सारेको छ ।

मेलम्ची खानेपानीको मुहान, हेलम्बु, पाल्चोकीमाइ र पाँचपोखरी जाने पर्यटकको बासस्थानसमेत मेलम्ची रहेकोले यो नगरपालिकाले राम्रो सुविधा उपलब्ध गराएर वान नाइट स्टेस्सटेसनको रुपमा मेलम्चीलाई विकास गर्न सकिने दुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment