+
+
Shares

दाेहाेराे अंकले घट्याे सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १३ गते १६:५६

१३ मंसिर, काठमाडाैं ।  धितोपत्र बजारमा आज सेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता सेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ ।

जम्मा कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर कारोवारमा वृद्धि भएको छ ।

कारोवार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ ।

बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बीमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?