+
+

काठमाडौं उपत्यकामा आज जोर नम्बरका गाडीको पालो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १०:०३

१४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज जोर नम्बर प्लेटका सवारी साधन मात्र चल्न पाउनेछन् ।

आजदेखि शुरु हुन लागेको एसिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेको हो ।

हिजो देखि लागू भएको जोर-बिजोर प्रणाली अन्तर्गत आज सवारी साधनको अन्तिम दुर्इ नम्बर जोर भएका गाडी मात्रै सडकमा चल्न पाउनेछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भोलि बिजोर नम्बरका गाडीलाई पालो दिइनेछ भने पर्सी मंसिर १६ गते जोर नम्बर भएका गाडी चल्ने पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् ।

तर, सार्वजनिक सवारीका साधनमा पनि जाेर-बिजाेर प्रणाली लागू गरेकाेमा जनस्तरबाट भने तिव्र अालाेचना भइरहेकाे छ ।

जोर-बिजोर प्रणालीका कारण सडकमा आधा सवारी घट्दा नागरिकले भने निकै सास्ती बेहारिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?