Comments Add Comment

नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस्

जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । यतिबेला राम्ररी ख्याल राखिएन भने निमोनिया जस्ता समस्याले समात्न सक्छ ।

त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशिल हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितीबारे निकै हेक्का राख्नुपर्ने हुन्छ । जन्मेदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु भन्ने गरिन्छ । यो अवधिका शिशु संक्रमण अत्याधिक जोखिममा हुन्छन् । त्यसैले शिशुको उचित स्याहार नभएमा ठूलो दुर्घटना पनि निम्तन सक्छ ।

यस अवधिमा गरिने शिशुको स्याहारले पुरै जीवनलाई नै प्रत्यक्ष प्रभाव राख्छ । त्यसैले यस्तो समसयमा देखिने खतराका संकेतप्रति अति नै सम्बेदनशील हुनुपर्छ । बच्चाको सबैभन्दा बढी जानकार आमा भएकाले यस विषयमा आमाले अझ बढी ध्यान दिनुपर्छ ।  यी हुन् शिशुमा देखिने खतराका संकेत :

श्वास बढ्नु

शिशुको स्वासदरप्रति सधै सजग रहनुपर्छ । यस अवधिका शिशुको श्वासदर सामान्यतया प्रतिमिनेट ३० देखि ६० सम्म हुने गर्छ । यस्तो दर ६० भन्दा बढी भएमा त्यो खतराको संकेत हो । यसरी स्वासदर बढेको अवस्थामा शिशुलाई कुनै न कुनै संक्रमणले आक्रमण गरेको हुन्छ ।

नाभीको संक्रमण

नवजात शिशुलाई नाभीको संक्रमण हुने अत्यािधक सम्भावना हुन्छ । नाभी पाक्ने, नाभीबाट पीप बग्ने जस्ता समस्या भपएमो त्यो शिशुको लागि पछिसम्म खतरा हुन सक्छ ।

किनकी यसमा हुने समस्याले शरिरका अन्य भागमा पनि विभिन्न प्रकारको संक्रमण हुन सक्छ । त्यसैले यस्ता खतराको संकेतबाट सावधान रहन जरुरी हुन्छ ।

सितांग हुन

बच्चा आमाको पेटमा हुँदा एक प्रकारको तापक्रममा रहेको हुन्छ । बच्चा आमाको पेटको तापबाट वाहिर निस्कीसकेपछि उसले नयाँ तापक्रममा प्रवेश गर्छ । र, उ त्यही बाहिरी तापक्रममा एडजस्ट हुनुपर्छ ।

यद्यपी आमाको पेटको भन्दा वाहिरी तापक्रम कम हुन्छ । त्यसैले, नवजात शिशुलाई न्यानो पारेर राख्नु अतिआवश्यक हुन्छ । किनभने नवजात शिशुलाई कम चिसोले पनि समात्न सक्छ वा विरामी पार्न सक्छ ।

त्यसैले नवजात शिशु निमोनियाकोसमेत उच्च जोखिममा हुन्छन् । यस्ता बच्चाको शरिरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडभन्दा कम भएमा त्यसलाई सितांग भएको मानिन्छ । जुन नवजात शिशुको लागि खतराको संकेत हो ।

दुध चुस्न नसक्नु

खासगरि जन्मनेवित्तिकै नवजात शिशुले दुई काम-रुन र दुध चुस्न सक्छ । यदि नवजात शिशुले दुध चुस्न सकेन भने त्यो पनि अर्को खतराको संकेत हो ।

नसा सम्बन्धी समस्याको कारण शिशुले आमाको दुध चुस्न नसक्ने समस्या हुन्छ । यद्यपी कहिलेकाँही स्वासप्रश्वासमा बाधा उत्पन्न हुँद पनि शिशुले दुध चुस्न सक्दैन । यस्तो समस्याले बच्चालाई कमजोर त बनाउँछ नै विभिन्न संक्रमणले पनि सजिलै आक्रमण गर्छन् ।

अन्य संकेत

– काम्नु वा शरिरमा कम्पन आउनु पनि नवजात शिशुको लागि अर्को खतराको संकेत हो ।

– त्यस्तै नवजात शिशुमा कोखा हान्ने समस्या पनि आउन सक्छ । यसलाई पनि खतराको संकेतको रुपमा लिइन्छ ।

– त्यसैले यसबारे आमा वा बच्चाको संरक्षक यसबारे जानकार हुन जरुरी हुन्छ । र, शिशुलाई यस्तो खतराबाट बचाउनको लागि सचेतता अपनाउनु पर्छ । यस्ता संकेत देखिएको अवस्थामा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था पुर्‍याउनुपर्छ ।

लेखक उपक्षेत्रीय अस्पताल, डडेल्धुराकी स्टाफ नर्स हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment