
News Summary
Generated by OK AI. Editorially reviewed.- सम्पदा संरक्षण समाज (इकोमस) को ६० औं वार्षिकोत्सव र वार्षिक महासभा बुद्धजन्मस्थल लुम्बिनीमा असोज २५ देखि सुरु भएको छ।
- ६७ राष्ट्रका २ सय बढी विदेशी विज्ञहरू, अनुसन्धानकर्ता र सरकारी अधिकारीहरू महासभामा सहभागी भएका छन्।
- महासभा र वार्षिकोत्सवपछि कार्तिक २ गतेसम्म लुम्बिनीमा इकोमस अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सञ्चालन हुने छ।
२९ असोज, बुटवल । सम्पदा संरक्षण समाज (इकोमस) को वार्षिक महासभा तथा ६० औं वार्षिकोत्सव बुद्धजन्मस्थल लुम्बिनीमा मनाइएको छ ।
इकोमस युनेस्कोको सल्लाहकार निकायको रुपमा क्रियाशील गैरसरकारी संस्था हो ।
असोज २५ देखि लुम्बिनीमा सुरु भएको महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रवर्द्धन र दिगो विकासका सवालमा छलफल भएको छ ।
महासभामा विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरू, अन्तर्राष्ट्रिय पाहुुनाहरू सहित ६७ राष्ट्रका २ सय बढी विदेशी विज्ञहरू सहभागी थिए ।
कार्यक्रममा नेपालका तर्फबाट सांस्कृतिक सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी डा ईनुु प्रधान, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेशनलका सचिवालय सदस्यहरू सहभागी थिए ।
विश्व सम्पदा स्थल लुम्बिनीमा महासभा र ६० औं वार्षिकोत्सव मनाउन पाउनु निकै गर्वको विषय भएको लुम्बिनी विकास कोषका कायम मुकायम सदस्य सचिव एवं इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए ।
सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन् ।
महासभा र वार्षिकोत्सव समापनपछि आज साँझदेखि लुम्बिनीमै ईकोमस अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सुरु हुने राईले जानकारी दिए ।
सम्मेलनमा विशेषज्ञ प्यानल, स्थलगत भ्रमण सहित विभिन्न बिषयमा नीतिगत छलफलका सेसनहरू हुनेछन् ।
सम्मेलनमा लुम्बिनीबौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाइना लगायतले साझेदारी गरेका छन् । सम्मेलन कार्तिक २ गते समापन गरिनेछ ।
प्रतिक्रिया 4