Comments Add Comment

राजेन्द्र महतो भन्छन् : राजपा सरकारमा जाने सोच छैन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।

राजपा संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन् । बबरमहलस्थित पार्टी केन्दि्रय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै महताले सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने छिट्टै निर्णय लिइने बताए ।

महतोले आफूलाई संयोजक बनाएको विषयमा पार्टीमा कुनै विवाद नभएको दाबी गरे । तर, महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयमा असहमति जनाएका अनिल झा नआएपछि शुक्रबार बोलाइएको बैठक समेत बस्न सकेन ।

अब महन्त ठाकुर भारतमा स्वास्थ्य उपचार गरेर फर्किएपछि मात्र बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment