Comments Add Comment

जब केकीले प्रदिपलाई ‘फ्लप क्लब’मा स्वागत छ भनिन्…

नायिका केकी अधिकारी र नायक प्रदिप खड्काले शनिबार आयोजना भएको ‘चौथो कामना फिल्म अवार्ड’मा दर्शकलाई मनोरञ्जन दिए । यो अवार्डको होस्ट गरेका केकी र प्रदिपले एक अर्कालाई समेत उडाउन पछि परेनन् ।

केकी र प्रदिपले एक अर्कालाई ब्यङ्ग्य कसे । सुपरस्टार र हिट चलचित्रको कुरा चलिरहँदा केकीले प्रदिपलाई ‘रोज’ पनि यहि बर्ष नै रिलिज भएको थियो भनेर भनिन् । यसपछि, थोरै लजाएका प्रदिपले भने–‘तर पनि यो चलचित्रको गीतले छोटो समयमा नै १ करोड भ्यूज पाएको थियो ।’ यसपछि केकीले चलचित्र नचलेपछि चित्त वुझाउने बाटो भन्दै प्रदिपलाई ‘फ्लप क्लब’मा स्वागत छ भनिन् ।

केकीले पनि अभिनय गरेका कुनै पनि चलचित्र आजसम्म हिट भएका छैनन् । केकीले आफूलाई नै उडाउन पनि भ्याइन् । उनले भनिन्–‘तिमीले चलचित्र नचलेपनि गीतको केक काट्न भ्याएछौ, मैले १ करोड कमायो भनेर केक काटे जस्तै । सो अवसरमा प्रदिपले बलिउड नायक आमिर खानको उदाहरण दिन भ्याए । उनले भने–‘चलचित्र कहिले चल्छ त कहिले चल्दैन । बलिउडमा नायक आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’लाई नै हेर्दा पनि हुन्छ ।’ प्रदिपले यसो भन्दै आफूलाई बलिउड नायक आमिर खानसँग तुलना गर्न खोजेका थिए ।

तर, आफूले आफूलाई नै उडाएर भएपनि यी दुइले दर्शकलाई भने मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment