Comments Add Comment

यिनीहरुले महाभारत युद्ध लडेनन्, तर महत्वपूर्ण भूमिका निर्वाह गरे

पौराणिक ग्रन्थ महाभारतमा अनेकन पात्र छन्, जसको आ-आ–आफ्नै विशेषता र महत्व छ । महाभारत युद्ध कसरी भयो, किन भयो यस सम्बन्धमा धेरै कुरा बाहिर आइसकेका छन् । महाभारत युद्धमा कसले महत्वपूर्ण भूमिका खेले भन्ने सन्दर्भमा पनि कुनै रहस्य बाँकी छैन ।

यद्यपी त्यही युद्धमा केही यस्ता पात्र थिए, जसले हतियार उठाएनन् । अर्थात उनीहरु युद्धमा लडेनन् । युद्धमा नलडेपपिन उनीहरुको भूमिका भने कम महत्वपूर्ण थिएन ।

महाभारतको युद्धमा लगभग ४५ लाख मानिसले भाग लिएको मानिन्छ । त्यसमध्ये हजारौं व्यक्ति यस्ता थिए, जसले युद्धमा भाग लिएनन् । तर, उनीहरुले युद्धमा प्रत्यक्ष/परोक्ष सघाए ।

त्यस्तै त्यसताका कतिपय राज्य तटस्थ रहे । उनीहरुले दुबै पक्षलाई सघाएनन् ।

विदर्भ, शाल्व, चीन, लौहित्य, शोणित, कोंकण, कर्नाटक, केरल, आन्ध्रा, द्रविड आदिले युद्धमा भाग लिएनन् । यी सबै तटस्थ राज्य थिए । उनीहरुको कुनै प्रकारको भूमिका थिएन । अब लागौं, तिनै पात्रहरुतर्फ जसले रणभूमीमा भएर पनि युद्ध लडेनन् ।

युयुत्सु

उनी कौरवका सौतेनी भाई, जसलाई युधिष्ठरले सम्झाएपछि कौरवलाई छाडेर पान्डवलाई साथ दिएका थिए । आफ्नो पक्षमा आएपछि युधिष्ठरले एक विशेष रणनीतिकको रुपमा युयुतसुको योग्यता देखे । त्यही भएर उनलाई युद्धका लागि हतियार र रासनपानीको आपूर्ति गर्ने कामको जिम्म सुम्पिए ।

उडुपीको राजा

महाभारतको युद्धमा उडुपीको राजा पनि थिए, जसले युद्धमा सैनिकका लागि भोजनको व्यवस्थाको जिम्मेवारी सम्हालेका थिए । दुबै शिविरमा सैनिकका लागि भोजन र घाइतेको उपचारका लागि उत्तम व्यवस्था उनैले गरेका थिए । हाती, रथ र घोडाको व्यवस्था पनि उनले नै गरेका थिए । त्यसबेला प्रत्येक शिविरमा पर्याप्त मात्रामा खाद्य सामाग्री, अस्त्र, यन्त्र र केही वैद्य र शिल्पीलाई तलब दिएर राखिएको थियो ।

१८ दिनसम्म चलेको र लाखौं सहभागी भएको युद्धमा कहिले पनि खानापानीको दुख भएन ।

सारथी

युद्धमा सबै हात्ती र रथको सारथीले कहिल्यै प्रत्यक्ष रुपले युद्ध लडेनन् । उनीहरु केवल योद्धाको रथ वा हात्ती चलाउँथे । त्यसमध्ये कति त सुरुमै मर्थे । उक्त रिक्त स्थानमा अर्को सारथी नियुक्ती गरिन्थ्यो ।

भगवान श्रीकृष्ण अर्जुनको रथको सारथी थिए । कर्णका सारथी शल्य थिए ।

संजय

संजयले पनि युद्धभमा भाग लिएनन् । महाभारत युद्धमा सूत पुत्र संजयले महर्षि वेदव्यासबाट दिक्षा लिएर ब्राहृमणत्व प्राप्त गरेका थिए । वेद व्यासले उनलाई दिव्य दृष्टि प्रदान गरेका थिए । भनिन्छ, गीताको उपदेश दुई जनाले सुने, एक अर्जुन । अर्को संजय ।

बर्बरीक

घटोत्कच पुत्र दानवीर बर्बरीकका लागि केवल तीन बाण काफी थियो, जसको बलमा उनी कौरव र पान्डवको पुरा सेनालाई समाप्त गर्न सक्थे । यसैले भगवान श्रीकृष्णले दानमा उनको टाउको मागेका थिए । उसको इच्छा थियो कि, उसले महाभारत युद्ध हेर्न सकोस् । त्यही कारण उनको टाउको युद्धस्थलकै एक ठाउँमा राखिएको थियो, जहाँबाट महाभारतका सम्पूर्ण योद्धा देख्न सकिन्थ्यो ।

इन्द्र

जब इन्द्रलाई थाहा भयो कि पुत्र अर्जुनलाई कर्णबाट एकदम खतरा छ, तब उनी श्रीकृष्णकहाँ पुगे । श्रीकृष्णले उनलाई भने कि कर्ण एकदम ठूला दानवीर हुन् । तपाई उसले दान दिएको समयमा एक ब्रम्हणको भेषमा पुग्नु । र, दानमा उसको कवच र कुन्डल माग्नु । इन्द्रले त्यसै गरे । जब उनले कवच र कुन्डल हात पारे, दब एक आकाशवाणी भयो, ‘तिमीले धोका दिएर कर्णबाट कवच र कुन्डल लियौं । अब तिम्रो रथ र तिमी त्यही धर्तीमा भासिनेछौ ।

तब इन्द्र त्यहाँबाट फर्किएर कर्णलाई आफ्नो अमोघ अस्त्र दिएर भने कि,  ‘यो जसमाथि चलाउनुहुन्छ, ऊ निश्चित रुपमा मर्नेछ । यो अचुक हो, तर यसको प्रयोग एक पटक मात्र गर्न सकिनेछ । कर्णले त्यस अस्त्रबाट अर्जुनलाई मार्न चाहन्थे । तर, दुर्योधन र कृष्णले भनेपछि यो अस्त्र घटोत्कचमाथि चलाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment