Comments Add Comment

सांसदको प्रश्न : मेलम्चीको पानी आउने दिन किटान गरियोस्

१६ मंसिर, काठमाडौं । सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका छन् । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैंअघि आउँछ भनेको मेलम्चीको पानी कहिले आउँछ भनी प्रश्न गरेका हुन् ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताएका थिए । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको दुई महिनामा पानी आउँछ भन्न सकिने अवस्था नरहेको बताए । आउँदो मार्चसम्म पानी आउँ५ भन्ने आधार के हो भन्ने प्रश्न गरे । आइतबारको छलफलमा मन्त्री विना मगरलाई बोलाए पनि उनी उपस्थित थिइनन् । मन्त्री नआएकोमा पूर्वप्रधानमन्त्री खनालले आपत्ति जनाए । ‘यति महत्त्वपूर्ण छलफलमा मन्त्री नआनु दुखद हो’ उनले भने ।

यो पनि पढ्नुहोस खानेपानी सचिवको ठोकुवा : ६० दिनमा मेलम्चीको पानी आउँछ

सांसदहरुले पानी आउने सही समय कहिले हो स्पष्ट पार्न आग्रहसमेत गरे । खानेपानीमन्त्री विना मगरले दशैंको उपहार मेलम्चीको पानी भने पनि नआएको भन्दै अब कहिले आउँछ किटान गर्न आग्रह गरे ।

सांसद रामबहादुर विष्टले दशैं अघि आएछ भनिए पनि नआएको भन्दै अबको २ महिनामा आउँछ भन्नेमा पत्यार नभएको बताए । बैठकमा उपस्थित खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सांसद विष्टले दुई महिनामा पानी आउने आधार पेश गर्न आग्रह गरे । बैठकमा सचिव ठाकुरले आफूले प्रस्तुति नदिएर खानेपानी संस्थानका महाप्रबन्धकलाई दिन लगाएकोमा पनि सांसदहरुले आपत्ति जनाए ।

सांसद गणेश पहाडीले खानेपानी मन्त्रालयका सचिवले मिनी सांसदको अपमान गरेको आरोप लगाए । सांसद पहाडीले भने ‘सचिवज्यू आफूले प्रस्तुति नराखेर सेफ हुन खोज्नुभएको हो ? यो मिनी संसद हो, यसको अपमान नगरी गम्भीर बन्नुहोस् ।’

सांसद राजेन्द्र राईले मन्त्री विना मगर समिति बैठकमा नआएकोमा आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment