Comments Add Comment

जब प्रियंकालाई पहिरन कसिलो भयो

‘स्टार अफ दि इयर’को अवार्ड जित्नु भन्दा १ मिनेट अगाडि नायिका प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीसँगै ‘कामना फिल्म अवार्ड’ आयोजना भएको हल बाहिर पुगेकी थिइन् । हल बाहिर पुग्ने वित्तिकै पत्रकारको क्यामेरामा घेरिएको प्रियंकालाई पहिरन मिलाउन भने बहुतै गाह्रो भएको थियो ।

प्रियंकाले केही पत्रकारसँग भन्दै थिइन्–‘यो माथिल्लो पहिरन साह्रै नै कसिलो र छोटो भएछ । एकतिर तान्दा अर्कोतिर नमिल्ने ।’ कसिलो र छोटो पहिरन मिलाउँदै प्रियंकाले मिडियासँग कुराकानी मात्र गरिनन् फोटो पनि खिचाइन् ।

उनी सोही पहिरनमा अवार्ड थाप्न स्टेज पनि पुगेकी थिइन् । पहिरनमा सधै नै माहिर मानिएकी नायिकालाई यसपटक भने पहिरनले झन्डै धोका दिएको थियो । नायिका कार्की र नायक देशराजले २ वटा गीतमा नृत्य समेत गरेका थिए । नायिका कार्कीले ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी’ बोलको गीतमा नृत्य गरेकी थिइन् भने आयुष्मानसँग मिलेर उनले ‘गोजीमा दाम छैन’ बोलको गीतमा नृत्य गरिन् ।

प्रियंका र आयुष्मानको प्रस्तुति दर्शकका लागि पनि मनोरञ्जनात्मक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment