+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बानेश्वर क्षेत्रमा ३८ वटा सीसी क्यामेरा जडान गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १६ गते २१:०९

१६ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले मातहतका ३८ स्थानमा उच्च प्रविधिको सीसी क्यामरा जडान गर्ने प्रक्रिया थालेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समुदायसँगको सहकार्यमा सीसी क्यामरा जडान प्रक्रिया थालिएको हो । अभियान अन्तरगत काँडाघारी क्षेत्रमा १८ वटा सीसी क्यामरा सञ्चालनमा ल्याइ सकिएको बानेश्वर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्ले अनलाइनखबरलाई बताए ।

उनका अनुसार काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच सीसी क्यामराको उद्घाटन गरेका छन् ।

‘मनोहरा नगरपालिकाले ११ लाख रुपैयाँको लगानीमा जडान गरिदिएको क्यामेरा सञ्चालनमा आइसकेको छ’, उनले भने, ‘अहिले काँडाघारी प्रभागमा क्यामेराको कन्ट्रोल रुम छ ।’

पछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीसँग त्यसलाई जोड्ने तयारी गरिएको उनी बताउँछन् । काफ्लेका अनुसार काँडाघारीबाहेक अन्य क्षेत्रमा पनि समुदायसँगको सहकार्यमा सीसी क्यामेरा जोड्ने काम तीब्र रुपमा भइरहेको छ ।

‘यहाँ पूर्वएआईजी रमेश श्रेष्ठ सा’बको नेतृत्वमा सुरक्षित नागरिक समाज भन्ने संस्था पनि छ, त्यसको समेत सहकार्यमा सीसी क्यामेरा जोडिनेछ ।’ प्रहरी प्रधान कार्यालयले तय गरेको मापदण्ड अनुरुपको सीसी क्यामेरा जडान गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?