+
+
Shares

‘जिरो’मा साहरुख र सलमानको ‘इशकवाजी’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १४:५१

रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिरो’को दोश्रो गीत रिलिज गरिएको छ ।  ‘इशकवाजी’ बोलको गीत युटुबमा रिलिज भएसँगै यसले हंगामा मच्चाएको छ । यो गीत विशेष हुनुको कारण यसमा अभिनय गरेका २ बलिउडका स्टार हुन् । यो गीतमा चलचित्रका मुख्य नायक साहरुख खान र केमियो भूमिकामा देखिएका सलमान खानलाई देख्न सकिन्छ ।

सलमान र साहरुखको जोडीका कारण पनि दर्शकका लागि यो गीत विशेष बनेको छ । अजय–अतुलको संगीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको आवाज छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ ।

यसैविच, चलचित्र ‘जिरो’को ट्रेलरले युटुबमा सर्वाधिक चाडो १० करोड भ्यूज बटुलेर नयाँ रेकर्ड राखेको छ । चलचित्रमा साहरुखको जोडीको रुपमा कट्रिना कैफ र अनुष्का शर्मा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?