Comments Add Comment

स्तनपानको क्रममा बच्चाको मृत्यु ! के हो यर्थाथ ?

बच्चाका लागि स्तनपान नै सर्वोत्तम भन्ने गरिन्छ । नवजात शिशुका लागि सम्पूर्ण पोषण नै आमाको दुध हो । तर, त्यही दुध विष बन्यो भने ?

यस्तै अत्याउने घटना अहिले सतहमा आएको छ । स्तनपानको क्रममा केही शिशुको मृत्यु भएको छ । त्यसो भए के बच्चाहरुको मृत्यु साँच्चै आमाको दूध पिउनाले हुन्छ ?

चिकित्सकहरुको जबाफ छः होइन ।

मृत्युको कारण आमाको दुध होइन बरु दुध पिलाउने अर्थात स्तनपान गराउने तरिका हो ।

भारतको नयाँदिल्ली स्थित पिडियाट्रिशियन र चाइल्ड स्पेशलिस्ट डाक्टर दिनेश सिंघलका अनुसार बच्चाको मृत्युको कारण आमाको दुध त हुनै सक्दैन । तर स्तनपान गराउने क्रममा आमाबाट केही लापरबाही भएको हुन्छ र त्यसै कारणले बच्चाको मृत्यु भएको हुन सक्छ ।

डाक्टर सिंघल भन्छन्, ‘सबैभन्दा पहिले मानिसहरुले बच्चाको मृत्युको स्तनपानसँग सिधा रुपमा केही लिनुदिनु छैन भन्ने बुझ्नुपर्छ ।’

बेलाबखत आमाले जब बच्चालाई दुध पिलाइरहेकी हुन्छिन् त्यतिखेर दुध बच्चाको फूडपाइपमा जानुको सट्टा विन्डपाइप -श्वासनली)मा पुग्छ जसलाई ट्रेकिया भनिन्छ । श्वासनलीबाट दुध फोक्सोमा जान्छ र बच्चाको मृत्यु हुन सक्छ ।

डा. सिंघलको भनाइअनुसार डेलिभरी पछि हरेक आमालाई बच्चालाई सही तरिकाले स्तनपान गराउने जानकारी दिइन्छ । आमालाई स्तनपान गराउने क्रममा बच्चालाई कहिल्यै पनि स्ट्रेट अर्थात सिधा पोजिसनमा नराख्न भनिन्छ ।

जब आमाले बच्चाहरुलाई सुतेर दुध पिलाउन थाल्छन् त्यतिखेर स्तनपान गराउनुसँग जोडिएका सबैभन्दा धेरै समस्या आउने डा. सिंघल मान्छन् ।

सुतेरै स्तपान गराउनु कैयौं मामिलामा खतरनाक हुन्छ । यसले दुध सासको नलीमा जाने आशंका हुन्छ जसले बच्चालाई ज्यानको खतरा हुन सक्छ ।

के अरु पनि कारण हुन सक्छन् ?

डा. सिंघल भन्छन्, ‘कैयौं पटक यस्तो पनि हुन्छ जब बच्चालाई जन्म दिने क्रममा आमालाई कुनै संक्रामक रोग लागेको हुन्छ र पछि गएर बच्चालाई पनि स्तनपानको क्रममा उक्त रोग लाग्छ सक्छ र त्यसैको कारण बच्चाको मृत्यु हुन्छ ।

अमेरिकी राष्ट्रिय स्वास्थ्य सेवा संस्था -एनएचएस)का अनुसार पहिलोपटक आमा बनेका महिलाहरुलाई स्तनपान गराउन थोरै मुस्किल र अनौठो लाग्छ । तर, यसमा डराउनुपर्ने केही पनि छैन । यो एक यस्तो प्रक्रिया हो जुन आमा र बच्चाले सँगसँगै सिक्छन् ।

आमाले बच्चालाई आफ्नो सजिलोको हिसाबले बच्चालाई स्तनपान गराइरहेकी हुन सक्छिन् तर, स्तनपान गराउने क्रममा केही कुराको ध्यान राख्नु जरुरी छ ।

एनएचएसका अनुसार स्तनपान गराउनेक्रममा यी कुरामा ध्यान दिनुपर्छः

-के तपाई आरामदायक स्थितीमा हुनुहुन्छ ? आमालाई सजिलो हुन धेरै जरुरी छ । जरुरी भएमा तकिया वा कुसनको प्रयोग गर्न सकिन्छ । आमाको हात र काँध आरामको मुद्रामा हुनुपर्छ ।

-के तपाईको बच्चाको टाउको र शरीर सिधा छ ?

-बच्चाको गर्धन, काँध र पिठ्युँलाई आफ्नो हातले सहारा दिनुपर्छ ।

-स्तनपान गराउनको लागि बच्चातर्फ झुक्नुहुँदैन ।

-सबैभन्दा पहिले निप्पललाई बच्चाको नाकसँगै राख्नुहोस् र बच्चालाई आफ्नो मुख खोल्ने कोसिस आँफै गर्न दिनुपर्छ ।

केही अन्य जरुरी कुराहरु

गर्भवती महिलाहरुको लागि बच्चा हुर्काउने कक्षाहरु हुन्छन् जसमा उनीहरुलाई बच्चा जन्माउँदा देखि लिएर उनीहरुको हेरचाहसम्मका जरुरी कुराहरु सिकाइन्छ । यस्तो कक्षामा मुख्य रुपमा बच्चाको हेरचाह र उनीहरुको खानपान, गर्भावस्थाको क्रममा स्वस्थ रहन र लेबर पेनलाई कसरी झेल्ने सिकाइन्छ ।

हरेक नवजात बच्चाको लागि आमाको दुध आवश्यक छ । यो उनीहरुको शारीरिक विकासको लागि आवश्यक छ । आमरुमा संसारका हरेक आमा आफ्नो बच्चालाई स्तनपान गराउन सक्छन् । तर, कैयौंपटक कुनै संक्रमण वा अन्य कारणले बच्चालाई आमाको पर्याप्त दूध मिल्दैन ।

बच्चा जन्माए पछि आमाको स्तनमा आउने पहिलो दूधलाई कोलोस्ट्रोम भनिन्छ । यो पहेँलो रंगको गाढा चिपचिपे पदार्थ हो विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार यो बच्चाको लागि सबैभन्दा आवश्यक दूध हो । रिपोर्टका अनुसार यो दुध सेवन गरेपछि बच्चा दह्रो हुन्छन र रोग प्रतिरोधी क्षमता पनि बढ्छ ।

आमरुपमा बच्चालाई छ महिनासम्म स्तनपान गराउन जरुरी भएको बताइन्छ तर छ महिनापनि पनि स्तनपान गराउन सकिन्छ । तर, छ महिनापछि स्तनपानको साथसाथै बच्चाहरुलाई राम्रो आहार पनि दिन सुरु गरिदिन पर्छ ।

बच्चालाई स्तनपान गराउने क्रममा आमाले बच्चालाई बीचबीचमा डकार दिलाउनुपर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार

-बच्चाको जन्मको सुरुवाती छ महिनासम्म बच्चाको लागि स्तनपान धेरै आवश्यक हुन्छ ।

-स्तनपानले बच्चालाई सुरुवाती संक्रमण र रोगहरुबाट बचाउँछ ।

-यो बच्चाको लागि मात्रै नभई आमाको लागि पनि फाइदाजनक छ ।

-बच्चाहरुलाई लामो समससम्म यसको फाइदा मिल्छ ।

-बजारमा पाइने र्फमुला मिल्कमा ती एन्टीबायोटिकस हुँदैनन् जुन आमाको दूधमा हुन्छ ।

-एचआईभीबाट पिडित आमाले स्तनपान गराउनाले बच्चालाई एचआईभी हुन सक्छ तर यो खतरालाई औषधीको प्रयोगले रोक्न सकिन्छ ।

कति छिटोछिटो बच्चालाई स्तनपान गराउन ठिक छ ?

पहिलो सप्ताहमा बच्चालाई धेरै छिटोछिटो दूधको आवश्यकता हुन्छ । बच्चालाई लगभग हरेक घन्टा वा दुई घन्टामा आमाको दूध चाहिन्छ ।

यस्तोमा जब पनि बच्चालाई भोक लाग्छ भने उसलाई दूध पिलाउनुहोस् तर यो कुराको ध्यान राख्नुपनि जरुरी छ कि बच्चालाई आवश्यकता भन्दा धेरै दुध नपिलाइयोस् ।

बच्चा भोको छ भन्ने कसरी थाहा पाउने ?

-बच्चा बेचैन देखिन्छ

-बच्चा आफ्नो औंला मुखमा राख्न थाल्छन्

-मुखबाट केही आवाज निकाल्न थाल्छन्

बच्चाको लागि आमाको दूध किन उपयोगी छ ?

बच्चाको लागि आमाको दुधले पेट भने काम मात्रै गर्देन बरु यो बच्चाको स्वास्थ्यको लागि पनि आवश्यक छ ।

आमरुपमा बच्चालाई छ महिनासम्म स्तनपान गराउने सल्लाह दिइन्छ तर पछि पनि जबसम्म बच्चाले स्तनपान गर्छन् त्यसले फाइदा नै गर्छ ।

आमाको दूधले बच्चालाई यी खतराबाट बचाउँछ

-विभिन्न किसिमका संक्रमणबाट

-डायरिया र उल्टीबाट

-सडन इफेक्ट डेथ सिन्ड्रोम

-ल्युकेमिया

-मोटोपना

-मुटुसँग जोडिएका रोगबाट

स्तनपान गराउनु बच्चाको लागि मात्रै फाइदाकारी छैन । यसको फाइदा आमालाई पनि प्राप्त हुन्छ । स्तनपान गराउनाले आमाको लागि स्वास्थ्यसँग जोडिएका खतरा कम हुन्छन् ।

-स्तनक्यान्सर हुने खतरा

-ओभेरियन क्यान्सर हुने खतरा

-अस्टियोपोरोसिस हुने खतरा

-मुटुरोगको खतरा

-मोटोपना

यस्ता विभिन्न फाइदाको बाबजुद स्तनपानलाई लिएर धेरै भ्रम पनि छन् । पहिलो भ्रम त यो छ कि स्तनपान गराउनाले स्तन सिथिल हुन्छ तर, यस्तो हुँदैन ।

गर्भावस्थाको कारणले ती लिगामेन्ट तन्किन्छन् जसले स्तनलाई सपोर्ट गर्छ । तर, यसको शिथिलतासँग स्तनपानको कुनै सम्बन्ध हुँदैन ।

दोस्रो भ्रम र्फमुला मिल्क पनि आमाको दुध जति नै फाइदाकारी हुन्छ तर, डाक्टरहरु मान्छन् कि यो सत्य होइन । यसैगरी अन्य विभिन्न भ्रम पनि छन् तर, सत्य के हो भने स्तनपान गराउनु सुरक्षित र स्वास्थ्यदायक छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment