१९ मंसिर, काठमाडौं । काठमाडौंको महाँकालचौर क्षेत्रमा अब पाँच दिन बिराएर मात्र खानेपानी आउने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले एक सूचना जारी गरी पानी वितरणमा परिवर्तन भएको जानकारी दिएको हो ।
लिमिटेड अन्तर्गतको महाँकालचौर पानी वितरण केन्द्रबाट यसअघि दुई दिन बिराएर पानी वितरण हुँदै आएको थियो ।
तर, उत्पादनमा कमी भएको भन्दै लिमिटेडले बुधबारदेखि पाँच दिन बिराएर (पहिलो र सातौं दिनमा) मात्र पानी वितरण हुने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4