Comments Add Comment

माया पिरतीः तपाईको सम्बन्ध धरापमा छ 

वैंशालु उमेर । चञ्चल मन । माया-पिरती बस्छ नै । मायालुलाई प्रेमिल भाकामा चिठी लेख्ने, मन्दिरमा लगेर ‘जुगौं साथ रहने’ वाचा गर्ने जमना छैन । जमना भर्चुअल माध्यामको छ । फेसबुकमा देखादेख भयो । च्याट भयो । लभ भयो । तर, डेटिङअघि नै ब्रेकअप ।

मुना-मदनको जस्तो अजम्बरी प्रेम गर्ने चलन कहाँ छ र ?

न भरोसा छ, न विश्वास छ, न समर्पण छ, न त्याग छ । कति कच्चा प्रेम ?

अहिले भावनामा भन्दा देहमा बढी प्रेम अंकुराउँछ । त्यसैले त आवरण देख्नसाथ दुई शरीरबीच प्रेम पैदा हुन्छ । यस्तो प्रेमको आयु कति हुन्छ ? स्वयम् प्रेम गर्नेहरुलाई पनि टुंगो हुँदैन ।

प्रेमका व्याख्याता रजनीशले भनेका छन्, ‘जति हामी जीवन जिउँछौ, प्रत्येकलाई यो अनुभव हुन्छ कि शायद जीवनको केन्द्रमा प्रेमको आकांक्षा र प्रेमको प्यास र प्रेमको प्रार्थना हुन्छ । जीवनको केन्द्र यदि खोज्ने हो भने, प्रेमको अतिरिक्त र कुनै केन्द्र मिल्न सक्दैन ।’

समस्त जीवनको केन्द्रमा एक प्यास छ, एक प्रार्थना छ, एक अभीप्सा छ, त्यो अभीप्सा प्रेमको हो ।

तर, अहिलेका वैंशालु पुस्ताको प्रेम यो गहिराईसम्म तप्किन पाउँदैन । उनीहरु आँखाबाट प्रेम गर्छन् र आँखाबाटै त्यसको स्वाद लिन्छन् । यस्तो प्रेम जसरी सुरु हुन्छ, उसैगरी अन्त्य पनि ।

लभ आजकाल

कोही व्यक्ति यस्ता हुन्छन् जसलाई देख्नासाथै तपाई मोहित हुनुहुन्छ । उनीहरु धेरै आकर्षक लाग्छन् । तपाई उनीहरुलाई मनपराउन थाल्नुहुन्छ ।

कहिले बाहिर बजारमा डुल्दाडुल्दै कसैलाई देखेर आकषिर्त हुनसक्नुहुन्छ वा फेरि कुनै रेष्टुरेन्टमा कफी सर्भ गर्ने वेटर मन पर्न सक्छ । वा हुनसक्छ जिममा कसैको सुगठित शरीर देखेर तपाई भुतुक्कै हुनुहुन्छ ।

यस्तो हरेक युवतीलाई भएको हुन्छ । मानिसको शारीरिक सुन्दरतामात्रै होइन उनीहरुको बानीव्यवहारले पनि ती मानिसहरुप्रति तपाईको झुकाव र लगाव बढ्छ ।

यस्तै बेलाबखत तपाई आफ्नै प्रेमीको साथीसँग पनि पनि आकषिर्त हुन सक्नुहुन्छ । यस्तो स्थिती पनि हुन्छ कि तपाई आफ्नो प्रेमीसँगै आएका उसको साथीलाई देखेर प्रभावित हुनुहुन्छ ।

यो धेरै नै सामान्य कुरा हो । तपाईलाई लाग्न सक्छ आफ्नो प्रेमी भन्दा त उसको साथी पो सुन्दर रहेछ । यस्तै तपाईं प्रेमीसँग भन्दा पनि उसको साथीसँग केही पल समय बिताउन कस्तो होला भनेर सोच्न पनि सक्नुुहन्छ ।

तर, तपाइले कहिल्यै पनि आफ्नो यस खालको भावनाहरुलाई गम्भिरतापूर्वक लिनुभएको छैन भने आफ्नो प्रेमीलाई कुनै पनि हिसाबले धोका दिने बारेमा सोच्न सक्नुहुन्न ।

हुनसक्छ ती मानिसको कुनै खुबी वा व्यवहार राम्रो लाग्यो र तपाई उसलाई खास सम्झन थाल्नुभयो । कसैको लागि मनमा फिलिङ्ग आउनु सामान्य कुरा हो यसमा चिन्तित हुनपर्ने कुनै कुरा छैन ।

यदि यस्तो स्थिती तपाईको प्रेमीलाई पनि आइपर्छ भने के तपाई उसँग रिसाउन ठिक हो ? पक्कै पनि होइन ।

बरु तपाई यो मौकालाई आफ्नो लागि प्रयोग गर्न सक्नुहुन्छ । तपाईलाई यो थाहा हुन्छ कि आखिर तपाईको साथीमा यस्तो कुन बानी वा खुबी छ जसले तपाईको प्रेमीलाई प्रभावित गर्छ । तपाईले आफूमा पनि ती बानी अपनाउने प्रयास गर्न सक्नुहुन्छ ।

त्यस्तै यदि तपाईको प्रेमीको लगाव क्रसको दायराबाट केही धेरै अगाडि बढ्न थाल्यो भन चाहि सतर्क हुनुपर्छ । त्यसैले कुरा हातबाट निस्कनभन्दा पहिले नै स्थितीलाई नियन्त्रित गर्नुहोस् ।

यदि तपाई उनीहरुलाई रोक्न असमर्थ महसुस गर्नुहुन्छ भने तपाईले प्रेमीलाई उसको चाहना अनुसार स्वतन्त्र छाडिदिनुपर्छ ।

१. साथीको अगाडि मायालु प्रेमी बन्छ

यदि उसले यस्तो गर्छ भने यसको दुई अर्थ हुन सक्छ । पहिलो, उ तपाईको साथीसँग मित्रताको लागि मात्रै नजिक हुन खोज्दैछ र साथीसँग पनि राम्रो व्यवहार गर्छ ।

दोस्रो, तपाईको प्रेमीले अरु बेलामा धेरै केयर नगरे पनि साथीको अगाडि तपाईको धेरै केयर गरेजस्तो देखाउँछ भने यदि उसलाई प्रेमीको रुपमा चान्स दिने हो भने उसँग धेरै खुसी रहन सकिन्छ भनेर साथीलाई प्रभावित बनाउन खोजेको अर्थ हुन्छ ।

२. बाहिर जाँदा साथीलाई पनि बोलाउन भन्छ

तपाई प्रेमीसँग रातमा कतै डिनरको लागि जाने योजना बनाउनुहुन्छ तर प्रेमी भने जसरी भएपनि म्यानेज गरेर तपाईलाई आफ्नो साथीलाई बोलाउन आग्रह गर्छ उसलाई तपाईको साथमा एक्लै समय बिताउन भन्दा तपाईको साथीको उपस्थितीमा धेरै रुची हुन्छ भने उसले तपाईंको साथीलाई मन पराउँछ भन्ने बुझ्नुपर्छ ।

३. तपाईको साथीको सामाजिक सञ्जाल चेक गर्छ

उसले तपाईको साथीको सामाजिक सञ्जालमा नजर राख्छ भने पनि तपाईले ख्याल गर्नुपर्छ । यो त्यतिबेलसम्म सामान्य हो जब तपाईको प्रेमीले तपाईको साथीको सर्कलमा कस्ता मानिसहरु छन् भनेर बुझ्ने कोसिस गर्छन् । तर, यदि उसले तपाईर्ंको साथीको प्रोफाइलमा धेरै समय बिताइरहेको छन् भने यसको मतलब उनी उसको क्रस हो ।

४. उनीहरु अचानक मिल्ने साथी बन्छन्

साथी बन्ने र फ्लर्ट गर्नेमा अन्तर हुन्छ । आफ्नो प्रेमीको व्यवहारलाई हेरेर तपाईंले नै यो निर्धारण गर्नुपर्छ कि उसले तपाईको साथीसँग साधारण मित्रता गरिरहेको छ वा फेरि उनी माथि ट्राई मारिरहेको छ । तपाईंले सही ढंगले स्थितीलाई पर्खिनुपर्छ ।

५. उनको वरिपरि रहँदा मुस्कुराइरहन्छ

साथीको उपस्थितीमा तपाईंको प्रेमीको मुड पुर्ण रुपमा परिवर्तन भएको छ कि छैन तपाईंले महसुस गर्नुपर्छ । यदि उसलाई तपाईभन्दा धेरै साथीबाट खुसी मिल्छ भने यो सम्बन्धको लागि राम्रो कुरा होइन ।

६. उनीहरु फोनमा कुरा गर्छन्

यदि तपाईको प्रेमी र तपाईंको साथी आपसमा बेलाबखत फोनमा कुरा गर्छन् र त्यसको विषय तपाईं वा फेरि कुनै सामान्य शिर्षक हो भने ठिकै हो । तर, यदि तपाईले उनीहरु दुवैजना आजकाल फोनमा धेरै कुरा गर्न थालेको देख्नुहुँदैछ भने यो तपाईको सम्बन्धको लागि सहि होइन ।

 

७. साथी जानसाथै प्रेमी भावुक हुन्छन्

यदि तपाई आफ्नो प्रेमी र साथीसँगै कतै समय बिताउनुहुन्छ, त्यतिखेर सबैकुरा ठिकठाक चलिरहेको छ । तर, जब तपाईकी साथी त्यहाँबाट जान्छिन् र तपाईंको प्रेमीको मुड खराब हुन्छ भने तपाईले उसको कुरा बुझ्नुपर्ने हुन्छ ।

साथी गएपछि उ तपाईसँग रिसाएर कुरा गर्न थाल्छ भने यो तपाईको साथीको उपस्थितीले उसलाई कति धेरै प्रभाव पार्छ भन्ने संकेत हो ।

८. साथी डेटमा गएको तपाईंको प्रेमीले मनपराउँदैन

सबैभन्दा महत्वपूर्ण कुरा तपाईंको प्रेमीलाई तपाईंको साथीले को सँग डेट गरिरहेकी छिन् त्यस विषयमा कुनै रुची हुन हुँदैन ।

तर, यदि उसले उनीमाथि रुची देखाउन थाल्छ र साथीले डेट गरिरहेको युवकको बारेमा नराम्रो भन्न थाल्छ भने सम्भिmनुहोस् कि तपाईंको प्रेमीले तपाईको साथीलाई मनपराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment