२१ मंसिर, बुटवल । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजीनामा मागेकी छन् । साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।
शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले भनिन्, ‘नेपालमा न्याय मर्यो, न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारकै सुरक्षामा छन् छन् ।’
सिंगो समाज नजागेसम्म निर्मलाहरुले न्याय पाउने सम्भावना नरहेको उनले बताइन् । ‘दुइतिहाइको सरकारले ९ महिनामा केके गर्यो ? जनताको बाँच्न पाउन अधिकार कुण्ठित भएको छ, राज्यले भयावय स्थिति सिर्जना गरेको छ’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4