+
+
Shares

सशस्त्रका डीएसपीलाई काठ हिनामिनाको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते १३:४२

२१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीमाथि भ्रष्टाचारको अभियोग लागेको छ ।

नेपाल अरुण गुल्म संखुवासभामा कार्यरत डीएसपी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

एक सय क्यु.फिट बराबरको १८४ थान सालको चिरान काठ चैनपुरबाट धरान/इटहरी ओसारपसार गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

आरोपपत्रमा एक लाख चार हजार रुपियाँ बिगो असुलउपरको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?