Comments Add Comment

कांग्रेसले प्रधानमन्त्रीलाई भन्योः पदीय गरिमा हेक्का राख्नुस्

२२ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘धम्कीपूर्ण’ अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ एक टेलिभिजन कार्यक्रममा आफ्नो आलोचना गर्ने बुद्धिजीवीको असलियत आफूलाई थाहा भएको र जवाफ दिँदा थला पर्ने भन्दै मिडियामा बोल्नु अघि वादविवाद गर्ने इच्छा गरेको हो भन्ने विचार गर्न चेतावनी दिएका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको चेतावनीपूर्ण अभिव्यक्ति संविधान विपरित भएको ठहर गरेको छ ।

‘अभिव्यक्ति अधिकार’लाई कुण्ठीत गर्ने ढंगले राख्नु भएका शब्दहरु संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शव्द, भावना र मर्मविरुद्ध छ’ पारित प्रस्तावमा भनिएको छ, ‘आˆनो पदीय गरिमाको हेक्का राख्न यो बैठक प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छ ।’

कांग्रेसले न्याय माग गरिएको निर्मलाको पोष्टर च्यातेको घटनाको पनि भत्र्सना गरेको छ । विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने अधिकारमाथि हस्तक्षेप भएको उसको ठहर छ । कांग्रेसले न्यायको आवाज र विरोधको स्वर सुन्नै नचाहने प्रवृत्तिको अन्त्य गर्न र निर्मला पन्त प्रकरणका दोषीहरुलाई कारवाह गिर्न माग गरेको छ ।

निर्मलालाई न्याय दिन सरकार असफल भए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उसको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment