+
+
Shares

‘प्रसाद’को इनिसियल व्यापारले नम्रतालाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २३ गते १३:५५

गतबर्ष रिलिज भएको चलचित्र ‘पर्व’को औषत व्यापारले नायिका नम्रता श्रेष्ठलाई फाइदा भएन । अभिनय उत्कृष्ट गर्ने नायिकाको रुपमा परिचित नम्रताको नयाँ चलचित्रका लागि दर्शकलाई पनि डेढ बर्ष पर्खनुपर्यो ।

उनै, नम्रता अभिनित नयाँ चलचित्र ‘प्रसाद’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ ।

शुक्रबार भन्दा शनिबारको व्यापार अझै आक्रामक छ । काठमाण्डौका मल्टिप्लेक्समा चलचित्र हेर्ने दर्शकको राम्रो उपस्थिती थियो । काठमाण्डौ बाहिर पनि दर्शकले चलचित्र रुचाएको वितरकले बताएका छन् । चलचित्रको व्यापारिक आँकडा भने सार्वजनिक भएको छैन ।

तर, शनिबार काठमाण्डौका मल्टिप्लेक्स र सिंगल हलमा चलचित्रको व्यापार राम्रो छ । सुशिल पौडेलको लेखनमा तयार भएको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ ।

चलचित्रको कथावस्तु, प्रस्तुतिलाई दर्शकले रुचाएका छन् । निर्माता सुरक्षित हुनका लागि आजबाट यो चलचित्रले दर्शकको साथ पाउनुपर्ने हुन्छ । तर, यो चलचित्रको इनिसियल व्यापारले नायिका नम्रता श्रेष्ठलाई भने फाइदा भएको छ । नायक विपिन कार्कीको आगामी प्रोजेक्टलाई पनि यो चलचित्रको व्यापारले फाइदा पुग्ने विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?