Comments Add Comment

पहिलो टेष्ट खेलमा भारत विजयी

२४ मंसिर, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा पाहुना टोली भारतले जित हात पारेको छ ।

भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै चार खेलको टेष्ट सिरिज १-० ले लिड समेत गरेको छ ।

३२३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले चौथो दिनको समाप्तिसम्म १०४ रन बनाउँदा आफ्नो महत्वपूर्ण चार विकेट गुमाएको थियो । पाँचौ दिन अष्ट्रेलियालाई जितको लागि २१९ रन आवश्यक थियो भने हातमा ६ विकेट बाँकी थियो । अष्ट्रेलियाको लागि हारबाट बच्ने अर्को अप्सन पनि थियो । तर अष्ट्रेलियाले पाँचौ दिन २९१ रन बनाउँदा सबै विकेट गुमाउन पुगेपछि भारतले जित हात पारेको हो ।

अष्ट्रेलियाका लागि शाउन मार्स ६०, कप्तान टिम पाइनले ४१ र नाथन लियोनले अविजित ३८ रन बनाए । भारतका लागि रभिचन्द्रन अश्विन, जस्पि्रत बुम्रह र मोहम्मद सामीले समान ३-३ विकेट लिए ।

आफ्नो पहिलो पारीमा अष्ट्रेलियाले २३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २५० रन बनाएको भारतले दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा ३०७ रन बनाएपछि अष्ट्रेलियाले ३२३ रनको चुनौती पाएको थियो ।

पहिलो इनिङ्समै शतकसहित १२३ रन बनाएर भारतलाई उकासेको चेतेश्वर पुजराले दोस्रो इनिङ्समा पनि सर्वाधिक ७१ रन बनाए । त्यस्तै, भारतका लागि अजिंक्या राहनेले ७० रन बनाएका थिए ।

पहिलो इनिङ्समा अष्ट्रेलियाका लागि दुई विकेट लिएका नाथन लियोनले दोस्रो इनिङ्समा थप ६ विकेट लिन सफल भए ।

फोटोः आईसीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment