Comments Add Comment

दनुवार समुदायको विद्यालय पुनर्निर्माणपछि हस्तान्तरण

२४ मंसिर, काभ्रे । ०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्णक्षती भएको आजाद उच्च माबि पुनर्निमार्णपछि हस्तान्तरण गरिएको छ ।

काभ्रेको पाँचखालस्थित बालुवामा रहेको आजाद उच्च माविको क्षती भएको भवन दक्षिण कोरियाको अम होमगिल हृयुमन फाउन्डेनसले पुनर्निर्माणपछि हस्तान्तरण गरेको हो ।

८ वटा कक्षा कोठा १ करोड ९५ लाख लगानीमा फाउन्डेसनले पुनर्निर्माण गरेका थियो । ८ वटा कोठा मध्य एउटा कक्षा कोठामा २० वटा ल्यावटवसहित कम्प्युटर ल्यावकोसमेत प्रबन्ध गरिएको छ ।

दनुवार समुदायका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालय भूकम्पपछि पुनर्निर्माण नहुँदा जस्ताको टहरामा नै अध्यापन गराउनु पर्ने बाध्यताबाट मुक्त भएको विद्यालयका प्रधानध्यापक प्रल्दालप्रसाद तिल्सिनाले बताए ।

दक्षिण कोरियाका ९० वर्षीय दोवन बिहार भिछु मानोले विद्यालयको निर्माणका लागि अम होमगिल हृयुमन फाउन्डेनस मार्फत सहयोग उपलब्ध गराएका हुन् ।

विद्यालयको पुनर्निर्माण भवनको उद्घाटन समारोहमा पूर्व शिक्षामन्त्री गंगाधर तुलाधरले शैक्षिक क्षेत्रको पुनर्निर्माण राज्यले सबैभन्दा पहिलो प्राथामिकतामा राख्नु पर्नेमा जोड दिए ।

प्रदेश संसद लक्ष्मण लम्सालले सरकारी विद्यालयमा पुननिमार्ण संगै शैक्षिक क्षेत्रको गुणस्तरको समेत पुनर्निर्माण प्रारम्भ हुनु पर्ने बताए ।

अम होमगिल हृयुमन फाउन्डेनसका प्रमुख क्याप्टेन अम होमगिलले नेपालमा रहेको सर्वोच्च सगरमाथामा १६ पटक चढिसकेकाले अम होमगिल हृयुमन फाउन्डेनसले नेपालमा १६ वटै विद्यालयको पुनर्निर्माण अभियानमा लागेको बताए ।

विद्यालय हस्तान्तरण सगै अम होमगिल हृयुमन फाउन्डेनसले नेपाल विधार्थीहरुका लागि झोला, विद्यालय पोशाक, खेलकुद सामग्री उपलब्ध गराउदा आफूहरु हषिर्त भएको विधार्थी विपना तामाङले बताइन् । हाल विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment