Comments Add Comment

सम्पादक बराल प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत

२४ मंसिर, काठमाडौं । अनलाइनखबर डटकमका सम्पादक अरुण बराल ‘प्रेस काउन्सिल-सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल नेपालले सम्पादक बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटालाई यो पुरस्कार प्रदान गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बराल र देवकोटालाई पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कारको राशी जनही २ लाख ५० हजार रुपैयाँ छ । १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा सक्रिय दुईजना पत्रकारका लागि सानिमा बैंकले पुरस्कार कोष खडा गरेर काउन्सिललाई हस्तान्तरण गरेको थियो ।

यसवर्ष छापा र विद्युतीय माध्यमका पत्रकारलाई पुरस्कारका लागि छनोट गरिएको हो । पुरस्कार छनोट समितिमा प्रेस काउन्सिलका तर्फबाट किशोर श्रेष्ठ, नेपाल प्रेस इन्स्टिच्युटबाट तीर्थ कोइराला र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका साथै सानिमा बैंकका सीइओ भुवन दाहाल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment