‘पेटा इन्डियन्स भेजेटरियन’को घोषणा गरिएको छ । यसबर्षको यो अवार्ड यसअघि २ पटक उपाधि जितिसकेकी नायिका अनुष्का शर्माको पोल्टामा गएको छ । यसपटक उनले यो अवार्ड नायक कात्तिक आर्यनसँग शेयर गरेकी छिन् । आर्यन र अनुष्का दुबै शाहाकारी हुन् ।
अनुष्काको नाम ‘पेटा इन्डियन्स पर्सन अफ दि इयर २०१७’मा पनि छनोट भएको थियो । अनुष्काले आफू शाहाकारी भएको विज्ञापनमा पनि काम गरिसकेकी छिन् । उनले जनावरको हकहितका लागि धेरै काम गरिसकेकी छिन् । अनुष्का भन्छिन्–‘शाहाकारी हुने मेरो जीवनको सबैभन्दा उत्तम निर्णय थियो । अहिले ममा अझै शक्ति बढेको छ, म अझै स्वस्थकर भएकी छु र मेरो खानामा कुनै पनि जनावरले दुख झेल्नु परेको छैन भन्ने कुराले मलाई खुशी बनाएको छ ।’
आर्यनले मानिसको स्वादका लागि जनावरले जुन शैलीको कष्ट भोगेको छन्, त्यसको एउटा भिडियो हेरेर नै आफूलाई शाहाकारी हुन प्रेरणा मिलेको बताए । उनले भने–‘हामी गाई, सुँगुर, कुुखुराको लागि राम्रो काम गर्न सक्छौ र उनीहरुलाई खान बन्द गर्न सक्छौ ।’
आर्यन र अनुष्काले जनावरको मासु खान छाडेर उनीहरुको सुरक्षा गरेको भन्दै यो अवार्ड प्रदान गरिएको हो ।
प्रतिक्रिया 4