Comments Add Comment

गण्डकी प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन

२७ मङ्सिर, बागलुङ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ ।

कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको बुधबार राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए ।

नेपालमा उपचार हुन नसकेपछि उनलाई मङ्गलबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । त्यसअघि घर्तीलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।

बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका ४७ वर्षीय घर्तीको जन्म बागलुङ ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा भएको थियो । उनी  राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्यसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment