Comments Add Comment

सडक सफा नहुँदै विद्यासुन्दर र सडक विभागको जस लिने होडबाजी

२९ मंसिर, काठमाडौं । काठमाडौंका सडकका खाल्डा पुर्नुपर्‍यो भने सबै निकाय पन्छिन्छन् । खाल्डामै परेर मान्छेले ज्यान गुमाउँदा त्यसको जिम्मेवारी लिन कोही तयार हुँदैनन् । तर, सफाइ अभियानको परिणाम प्राप्त नहुँदै सडकमा देखिएका सानो परिवर्तनको जस लिन भने सरकारी निकाय र स्थानीय तह नै तछाडमछाडमा छन् ।

काठमाडौंमा सडकमा सडक विभागको सक्रियता बाक्लो भएपछि महानगरले पनि सफाइ अभियान घोषणा गरेको छ । तर, अहिले थोरै पनि सुधि्रएको सडकको अवस्थाको श्रेय लिन दुबै निकाय तम्सिएका छन् ।

यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरु सडक विभागको सक्रियताको कारण नै सडक सफा भएको दावी गरिरहेका छन् । मेयर विद्यासुन्दर शाक्य र महानगरका अधिकारीहरु भने महानगरको सफाइको तत्परता र प्रयत्न नै कारक भएको औल्याउँदैछन् ।

अहिले दुबै निकाय संयुक्त रुपमा नै कामाम लागेका छन् । शनिबार अरु दिनभन्दा विशेष रुपमा सडक सफाइको काम तीव्र बनाइएको छ ।

काठमाडौंका सडकको खाल्डा कसरले पुर्ने भन्ने विषयमा अहिले पनि सडक विभाग र काठमाडौं महानगरबीच मनमुटाव हुन्छ । मुख्य सडककै खाल्डा परेपछि काठमाडौंमा मेयर विद्युसन्दर शाक्यले सबै जसो भाषणमा भन्छन्, ८ मिटरभन्दा साँघुरा सडक मात्रै महानगरले हेर्छ, खरु सडक केन्द्रकै हो । मलाई मात्रै गाली नगर्नुस् ।’

सडक विभागका अधिकारी पनि भित्री सडकमा पर्ने खाल्डाको दोष पनि आफूतिर थोपरिएको भन्दै असन्तुष्टी राखिरहन्छन् । तर, दुबै अपजस आइपर्दा जिम्मेवारीबाट पन्छिरहन्छन् ।


तर, महिनादिन अघिदेखि काठमाडौंमा अचम्मै भइरहेको छ, सडकमा धुलो टिप्ने ब्रुमर मेसिन थल्न थालेका छन्, सफाइका कर्मचारी सडकमा फोहोर टिप्न नियमित आउन थालेका छन् । सडक विभागको यसमा खास सक्रियता बढेको छ । सडक पुरै सफा नभए पनि सामान्य परिवर्तनको महसुस स्थानीय र यात्रुले गरेका छन्, केही मुख्य सडकमा ।

सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठका अनुसार अब नियमित रुपमा काठमाडौंमा आफ्नो जिम्मा रहेका सडकका धुलो टिप्न सुरु गरिएको छ । उनले संसदीय समितिमा नै उपस्थित भएर विभागले हेर्ने सडकमा एउटा पनि खाल्डा नभएको दावी गरेका थिए । उनले खाल्डा कतै देखिएर खबर गर्न सांसदहलाई नै अग्रह गरेका थिए ।

तर, सडकको अवस्था सुधि्रएको जस आजभोलि काठमाडौं महानगरपालिकाले लिन थालेको छ । खाल्डा पर्दा आफ्नो दायित्वबाट पन्छिएको महानगर आफूहरुले सडक सफा गर्दा आफ्नै काम भनेर प्रचारमा लागेको भन्दै सडक विभागका एक अधिकारीले असुन्तुष्टी जनाए ।

‘हामीलाई सडक सफा गरेको कुरा प्रचार गरेर भन्नु छैन । तर, महानगरका मेयर भने हाम्रै मन्त्री ज्यु लिएर झाडुसहित एक दिन सडकमा उत्रिनु भएछ,’ उनले भने, ‘सबै मिलर गरेका छौं । जस एउटा निकाय मात्रै लिने र अपसजस हामीतर तेर्साने काम भइरहेको छ । उहाँहरु अझ पनि जिम्मेवार ढंगले सफाइ अभियानमा आउनुभएको छैन ।’

विभागले नागरिकलाई पनि यो अभियानमा सहभागी गराउन महानगरले भूमिका खेल्नुपर्ने बताएको छ ।


सोमबार महानगरको स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले पछिल्ला दिनमा महानगरले धुलोमुक्त काठमाडौं बनाउने अभियानाई अघि बढाएको पनि बताए । उनले अहिले काठमाडौँ महानगरपालिका भित्र ब्रमुर कुद्न थालेको समेत उल्लेख गरे ।

‘हामीले विशेष सफाइ अभियान सुुरु गरेका छौं । कायक्रम सुरु गर्दा यातायातमन्त्री रघुवीर महासेठ आफैं उपस्थित हुनुहुन्थ्यो,’ उनले भने,’अब सबै संघस्थाको सहयोग भयो भने महानगर धुलोमुक्त हुन समय लाग्दैन ।’

उनले अमहानगरपालिकाले बनाउने र मेलम्चीले भत्काउने गर्दा पनि बढी समस्या भएको सुनाए । सडक विभागमा अधिकारीहरु भने भित्री सडकमा रहेका समस्या महानगरले समाधान गरे अब काठमाडौंमा धुलो उड्न छाड्ने बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment