+
+
Shares

अकुपाई टुँडिखेल : खुलामञ्चमा चल्यो ‘जनताको डोजर’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २८ गते १२:३०

२८ मंसिर, काठमाडौं । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’अन्तर्गत शनिबार खुलामञ्च सफाइ गरिएको छ ।

महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएपछि जनताले नै डोजर लगाएर सम्माएका छन् । टुँडिखेल अतिक्रमणबाट जोगाउन शुरु भएको अभियानका अभियान्ताहरु शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ समेत गरेका छन् ।फोहोर र माटो थुपारिएर अस्तव्यस्त देखिएको खुलामञ्च डो जर लगाईएपछि सफा देखिएको छ ।

खुलामञ्चलाई मानव साङ्लोले घेरेर शुरु गरिए अभियानको छैठौं कार्यक्रमअन्तर्गत शनिबार बिहान खुलामञ्च परिसर सफा गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता साथै सामाजिक अभियन्ताहरुको उपस्थिति थियो ।

अतिक्रमणका कारण टुँडिखेल नै मासिने अवस्था आएको भन्दै गत कात्तिक २३ गतेदेखि ‘अकुपाई टुँडिखेल अभियान’ सुरु गरिएको थियो । यो अभियान तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ, तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेका छन् ।

अतिक्रमणबाट जोगाउन माग गर्दै यसअघि अभियन्ताहरुले साहित्यिक रचना बाचन, खेलकुद लगायतका कार्यक्रम पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?