Comments Add Comment

रामस्वरूप क्याम्पस प्रमुखलाई विद्यार्थीले दले कालोमोसो

१ पुस, जनकपुरधाम । जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो दलेका छन् ।

राजपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख दासमाथि कालोमोसो दलेका हुन् ।

क्याम्पसको अवस्था धारासायी भएपछि पटकपटक सुधार गर्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै आइतवार दिउँसो विद्यार्थीहरुले क्याम्पस प्रमुख दासलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

विद्यार्थीले क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने,राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्नेलगायतका १६ बुँदे मागसहित क्याम्पस प्रमुखलाई ज्ञापन बुझाएका थिए ।

तर, ज्ञापनपत्र बुझाउँदासमेत क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै बाध्य भएर कालोमोसो दल्नु परेको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले कालोमोसो दल्नुका साथै क्याम्पस प्रमुखलाई एक घण्टा कार्यकक्ष भित्रै थुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment