Comments Add Comment

मिथक मात्र होइन ‘छैठौं इन्द्रिय’, यसरी सकिन्छ जगाउन

मानिसको पाँच इन्द्रिय हुन्छन्ः आँखा, नाक, कान, जिब्रो र छाला । यीनै पाँच इन्द्रियले दृष्टि, सुँघ्ने शक्ति, स्वाद, श्रवणशक्ति र स्पर्श अनुभुती गर्ने गर्छन् ।

तर, हामी छैठौं इन्द्रियको बारेमा पनि धेरै सुन्ने गर्छौं । यो यस्तो इन्द्रिय हो, जुन आँखाले देखिँदैन तर  अस्तित्व महसुस हुन्छ । यसलाई परामनोविज्ञान पनि मानिन्छ । यद्यपि, कतिपयले यस कुरालाई मिथक मात्रै सोच्ने गर्छन् ।

छैठौं इन्द्रियको बारेमा तपाईंले पनि अहिलेसम्म धेरै किस्साहरु सुन्नु वा पढ्नु भएको छ होला । तर, साँच्चै यो के हो, र यसलाई कसरी जागृत गराउन सकिन्छ भन्ने तपाईंलाई थाहा नहुन सक्छ ।

आउनुहोस् जानीराखौं छैठौं इन्द्रियको बारेमा केही तथ्य ः

छैठौं इन्द्रिय विकास भएमा के हुन्छ ?

छैठौं इन्द्रियलाई पूर्वाभाससँग जोड्ने गरिन्छ । यो जागृत हुँदा भविष्यको घटनाहरुलाई जान्न सकिने मान्यता छ । छैठौं इन्द्रियको माध्यमबाट कोसौं टाढा बसेका व्यक्तिको कुरा सुन्न र कसको मनमा के विचार चलिरहेको छ भन्ने बारेमा सजिलै थाहा पाउन सकिने बताइन्छ ।

भनिन्छ, छैठौं इन्द्रिय पूर्ण रुपमा जागृत भएमा व्यक्तिको मस्तिष्कले दशगुणा काम गर्न थाल्छ र आफ्नो वरिपरि हुने गतिविधिहरुको पूर्वानुमान गर्छ ।

यसबाहेक मानिसहरुले कुनै पनि नकारात्मक शक्तिलाई पनि सजिलैसँग महसुस गर्न सक्छ ।

एक अध्ययनका अनुसार छैठौं इन्द्रियको कारणले नै हामी भविष्यमा हुने घटनाहरुको पूर्वानुमान गर्न सक्छौं । यसले हामीलाई सतर्कत अपनाउन प्रेरित गर्छ । करिब एक तिहाई मानिसहरुको मात्रै छैठौं इन्द्रिय सक्रिय हुन्छ ।

छैठौं इन्द्रिय जगाउने उपायः

प्राणायाम

सामान्य अवस्थामा हाम्रो दिमागको जम्मा १५ देखि २० प्रतिशत भागले मात्रै काम गरिरहेको हुन्छ । प्राणायामको माध्यमले छैठौं इन्दि्रयलाई जागृत गर्न सकिन्छ । यसको लागि सर्वप्रथम वायुकोषलाई जागृत गर्न जरुरी छ ।

फोक्सो र मुटुका करोडौं वायुकोषहरुसम्म श्वासप्रश्वासद्वारा हावा पुग्न नपाउनाले मष्तिस्कको ठूलो भागले काम गर्दैन । प्राणायामद्वारा वायुकोषसम्म प्राणवायु मिल्नाले कोषहरुको रोगसँग लड्ने शक्ति बढ्छ र नयाँ रक्तको निर्माण हुन्छ ।

सबै नाडीहरु राम्रोसँग चल्न थाल्छन् र स-साना नयाँ टिस्युहरु बन्न थाल्छन् । त्यसैको कारण अनुहारमा पनि निखार आउन थाल्छ ।

ध्यान

नियमित ध्यान गर्नाले दुई आँखीभौं बीचको स्थानमा आज्ञाचक्र जागृत हुन थाल्छ । जसले हाम्रो छैटौं इन्द्रियलाई बढाउँछ । यसको लागि दैनिक ४० मिनेटको ध्यान सहायकसिद्ध हुन्छ ।

त्राटक

त्राटक क्रियाबाट पनि छैठौं इन्दि्रयलाई जागृत गर्न सकिन्छ । आँखा नचिम्लिकन लामो समय कुनै एक विन्दू, क्रिस्टल बल, मैनबत्ति वा दियोको ज्योतीमा हेरिरहनुहोस् । यसपछि आँखा बन्द गर्नुहोस् ।

केही समयसम्म यसको अभ्यास गर्नुहोस् । यसले तपाईंको एकाग्रता बढ्छ र विस्तारै-विस्तारै छैठौं इन्दि्रय जागृत हुन्छ ।

मौन क्षमता

मौनबाट मनको त्यो क्षमता विकास हुन्छ जसले काल्पनिक शक्ति र अभ्यास गर्ने क्षमता बढाउँछ । यसैको माध्यमले पूर्वाभास साथै भविष्यको बारेमा जान्न सकिन्छ । यहि छैठौं इन्द्रियको विकासको सुरुवात हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment