+
+

किन ठप्प भयाे सेयर कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते ११:४१

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको कारोबार ठप्प भएको छ । लगानीकर्ताहरुको आहृवान पछि सेयर बजार खुले पनि कारोबार भने ठप्प भएको हो । बिहान सधैको समयमा नै बजार खुले पनि कारोबार भने हुन नसकेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।

लगानीकर्ताको आन्दोलन प्रभाव स्वरुप सेयर बजारमा कारोबार भएको प्रवक्ता पराजुलीले बताए ।सेयर बजार सुधार र विस्तारको माग गर्दै केहि लगानीकर्ताहरु एक साताअघिदेखि आन्दोलनमा छन् ।

रिले अनसनमार्फत दबाव दिदा समेत सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरुले सामेबारदेखि आन्दोलनलाई थप प्रभावकारी बनाउन सेयर कारोबार नगर्न आग्रह गरेका थिए ।

लगानीकर्ताहरुको तर्फबाट दबाव समूह गठन गरी संयोजक हरि ढकालले सोमबारदेखि आमरण अनसन शुरु समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?