Comments Add Comment

निर्मला हत्या प्रकरणः एआईजी बस्न्यातले आईजीपीलाई बुझाए ५३२ पृष्ठको निश्कर्ष

२ पुस, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा गठित टोलीले आफ्नो निश्कर्षसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको छ ।

प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीले गरेको लापरबाहीबारे छानबिन गर्न गठित बस्न्यात नेतृत्वको समितिले सोमबार आईजीपी खनाललाई प्रतिवेदन बुझाएको हो ।

प्रकरणको छानबिनमा विभिन्न टोली खटिइरहँदा फरकफरक तथ्य बाहिर आउन थालेपछि स्थिति झन् विग्रन सक्ने आँकल गर्दै समितिले प्रतिवेदन बुझाउन ढिलाई  गरेको थियो । तर, प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुन थालेपछि ५ सय ३२ पृष्ठको प्रतिवेदन बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा घटनाको अनुसन्धानका क्रममा प्रहरीले गरेको कमजोरीको बारेमा उल्लेख गरिएको छ । साथै, यो प्रकरणबाट प्रहरीमाथि सर्वसाधारणको विश्वास कसरी गुम्दै गएको छ भन्ने पनि समेटिएको छ ।

समिति स्रोतले भन्यो, ‘हत्यारा पत्ता लगाउने हाम्रो कार्यदेश होइन । प्रहरी प्रधान कार्यालयले दिएको जिम्मेवारी अनुरुप प्रहरी अधिकारीको भूमिकामाथि छानबिन गरेर निश्कर्ष बुझाएका हौं ।’

यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

समितिकै सुझावका आधारमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्तीमा परेका थिए । त्यस्तै, अन्य अनुसन्धान अधिकारी पनि निलम्बित छन् ।

समितिका अधिकारीहरुले प्रारम्भिक अनुसन्धान प्रतिवेदनको अध्ययनदेखि स्थानीयसँग प्रहरीको भूमिकाबारे सोधपुछ लगायतका काम पनि गरेको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त १० साउनदेखि हराएकी थिइन् । भोलिपल्ट घरबाट करिब दुई किलोमिटर टाढा रहेको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनामा संलग्न व्यक्तिको प्रहरीले अझैसम्म पहिचान गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment