Comments Add Comment

अनुहारमाथि आगो लगाएर बन्न सकिन्छ सुन्दर !

सुन्दर बन्ने होडमा मानिसहरु केसम्म गर्न सक्छन् भन्ने थाहा पाउन भियतनाममा चलेको ट्रेन्ड हेरे पुग्छ । यहाँका पुरुष र महिलाहरु सुन्दर र चम्किलो देखिनका लागि अनुहारमाथि आगो लगाउन पनि तयार छन् ।

अनुहार सुन्दर बनाउनको अनुहारमा आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकपि्रय छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र स्पामा फायर थेरापी लिइरहेका छन् ।

कसरी गरिन्छ फायर थेरापी ?

यसमा अनुहारमाथि एक तौलिया राखेर त्यसमा आगो लगाइन्छ । करिब ३० सेकेण्डदेखि एक मिनेटसम्म आगो लगाइन्छ ।

यो थेरापीको प्रयोगले अनुहारको सुन्दरता मात्रै बढाउने होइन बरु टाउको दुख्ने, अनिन्द्रा, शरीर दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाइने भियतनामीहरुको विश्वास छ । साथै पाचनप्रणाली पनि ठिक हुने उनीहरु बताउँछन् । सामाजिक सञ्जालमा यो थेरापीको भिडियो भाइरल भैरहेको छ ।

अल्कोहलको प्रयोग

फायर टि्रटमेन्टको लागि एक विशेष प्रविधि अपनाइन्छ । यसमा विशेष खालको अल्कोहल छर्किर्एको तौलियाले अनुहारलाई राम्रोसँग ढाकिन्छ ।

अनुहारलाई आगोले कुनै नोक्सान नपुर्‍याओस भनेर एक अर्को तौलियालाई तल राखिन्छ । अहिलेसम्म यो टि्रटमेन्टबाट कसैलाई पनि नोक्सान भएको खबर आएको छैन ।

थेरापिस्टहरुका अनुसार फायर टि्रटमेन्टले अनुहारका कोषहरुमा भाइब्रेसन पैदा गर्छ । जसले कोषहरु जिवित हुन्छन् र तपाईं सुन्दर देखिन थाल्नुहुन्छ । तौलियामा छर्किनको लागि प्रयोग हुने अल्कोहललाई एलिग्जर भनिन्छ ।

चाया र दागको उपचार

मिडिया रिपोर्टहरुका अनुसार यो टि्रटमेन्टको माध्यमबाट अनुहारको दाग र सुख्खापना कम गरिन्छ । यो थेरापी अनुहार बाहेक शरीरको अन्य कुनै पनि भागमा पनि गर्न सकिन्छ ।

साथै यो थेरापीबाट मोटोपना र खोकीको उपचार पनि सम्भव रहेको बताइन्छ । चीनमा पनि यो विधि लोकपि्रय छ जहाँ यसलाई ‘फ्लेम फेसियल’ भनिन्छ । यो थेरापी लिएका धेरै मानिसहरुले यसबारेमा सकरात्मक प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षित थेरापिस्ट चाहिन्छ

थेरापिस्टका अनुसार यो टि्रटमेन्ट पूर्णरुपमा सुरक्षित हुन्छ । तर यो प्रशिक्षित थेरापिस्टद्वारा मात्रै गराउनुपर्छ ।

तौलियामा कति मात्रामा अल्कोहल राख्ने, यसलाई कतिबेरसम्म छालामा राख्ने यो सबै पहिले नै निश्चित हुन्छ । यो थेरापीले छालालाई एक किसिमको गर्मीपना मिल्छ तर सहनै नसकिने गरी पोल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment