Comments Add Comment

सिड्नीमा खुल्यो नेपाली स्वामित्वको उच्च शिक्षालय

सिड्नी / अस्ट्रेलियामा  नेपालीहरुको स्वामित्वो भएको अर्को उच्च शिक्षालय खुलेको छ । क्राउन इन्स्टिच्युट अफ हाइअर एजुकेशन नामक उक्त उच्च शिक्षालयको सोमबार न्यु साउथ वेल्सको संसद भवनमा उद्घाटन भएको छ ।

उक्त शिक्षालयको सोमबार शिक्षालयको बोर्ड अफ डाइरेक्टरका अध्यक्ष  प्रोफेसर  जोन ग्रे, एकेडेमिक बोर्डका अध्यक्ष मिल तेर्जिओभ्स्कि र न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्काले संयुक्त रुपमा तीनवटा  मैनबत्ती बालेर उद्घाटन गरेका थिए  ।

मैनबत्ती बालेर उद्घाटन गरिनुलाई उक्त शिक्षालयले भनेको छ- यो सुन्दर सजावटका लागि मात्रै होइन बरु हामीलाई प्रोत्साहन, शक्ति र  धैर्यता  प्रदान गर्ने हाम्रो शिक्षालयको भिजन हो । झन्डै एकसय जना उक्त शिक्षालय का सहयोगी र शैक्षिक परामर्श दाताहरु सहभागी भएका थिए ।

अस्ट्रेलियामा सफल नेपाली ब्यबसायी बरिष्ठ इन्जिनिअर तथा हाल न्यु साउथ वेल्सका लागि नेपालका महाबाणिज्यदूतसमेत रहेका दीपक खड्का उक्त शिक्षालयका प्रमुख लगानी कर्ता हुन् ।

आगामी वर्षको मार्चमा उक्त उच्च शिक्षालयले पहिलो भर्ना खोल्ने छ । अस्ट्रेलियाको उच्च माध्यामिक शिक्षा गुणस्तर मापन गर्ने निकाय टेक्साका अनुसार क्राउन इन्स्टिच्युट अफ हाइअर एजुकेशन गत अगस्त २१ मा दर्ता भएको हो र आगामी २०२२ मा पुननबिकरण गर्नु पर्नेछ । हाल उक्त शिक्षालयले ब्याचलर अफ एकाउनटिंग र ब्याचलर अफ अनटरपेनर्शिप एण्ड इनोभेसनमा अध्यापन गर्न पाउने टेक्साले जनाएको छ ।

यसअघि उनकै स्वामित्वको क्राउन इन्स्टिच्युट अफ बिजिनेस एंड टेक्नोलोजी संचालनमा थियो । जसले बिभिन्न बिषयमा सिड्नीमा दुई र क्यानबेरामा एउटा क्याम्पस संचालन गर्दै आएको थियो । हाल उच्च शिक्षा अध्यापनको अनुमति पाएपछि नर्थ सिड्नी स्थित क्याम्पस बाटै अध्यापन हुने बताइएको छ ।

अस्ट्रेलियामा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले तथा जमुना घलेको स्वामित्वमा रहेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) नेपालीहरुको पहिलो उच्च शिक्षालय हो ।

सन् १९९६मा खुलेको र  अस्ट्रेलियाको फेडेरेसन युनिभरसिटीसंग सम्बन्धन भएको उक्त इन्स्टिच्युटले सिड्नी तथा मेलबर्नमा क्याम्पस संचालन गरेको छ । जहाँ बिभिन्न चार बिषयमा अन्डर ग्राजुएट , पाँच बिषयमा पोस्ट ग्राजुएट र पाँचवटा बिषयमा अंग्रेजी भाषा अध्ययन हुन्छ ।

हाल अस्ट्रेलियाका बिभिन्न शहरमा नेपालीहरुको स्वामित्वमा झन्डै दुई दर्जन स-साना प्राबिधिक शिक्षालयहरु छन् । जहाँ डिप्लोमा तथा सर्टिफिकेट चार तहका पढाइ हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment