Comments Add Comment

तेक्वान्दोः आत्मरक्षा पनि व्यायाम पनि

तेक्वान्दो कोरियन शब्द हो । कोरियाली भाषामा टेक भनेको हात, वान भने खुट्टा र दो भनेको कला हो । यसर्थ हात र खुट्टाको प्रयोग गरी खेलिने एउटा कलात्मक खेलका रुपमा तेक्वान्दोलाई बुझिन्छ ।

कोरियाबाट शुरु भएको यो खेल अहिले विश्वभर खेलिन्छ । नेपालमा पनि यसप्रति चासो राख्ने र खेल्नेको संख्या निकै ठूलो छ । तेक्वान्दो विशुद्ध खेल मात्र नभएर स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायाम पनि हो । यसको अर्को फाइदा के छ भने मनोरञ्जन, व्यायामसँगै यसको माध्यमबाट प्रतिष्ठा कायम गर्न सकिन्छ ।

कसरी खेल्ने ?

– तेक्वान्दो प्रायः विहान र अपराहृनको समयमा खेलिन्छ । खेलको शुरुमा दौडाइन्छ । जसले शरिर तताउनुका साथै फुर्तिलो बनाउँछ ।

– त्यसपछि वार्मअप शुरु हुन्छ । यसमा टाउको, आँखा, कान, मुख, घाँटी, औँला, हात, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको छुट्टाछुट्टै व्यायाम गराइन्छ । ताकी शरिरका प्रत्येक अंगहरुलाई व्यायाम पुगोस् ।

– त्यसपछि साइड स्टेटलगायतका गतिविधि गराइन्छ । यसले नशा खुम्चिनबाट जोगाउँछ । विशेषगरी साइड स्टेटले शरिरका नशाहरुलाई फाइदा पुर्याउँछ ।

– अनि गरिन्छ खेलाडीको स्तरअनुसारका प्याटर्न । यो भनेको शत्रुको कल्पनामा गरिने आत्मरक्षाको स्टेप हो । यसलाई काँटा शो पनि भन्ने गरिन्छ ।

– त्यसपछि किक एक्सरसाइज हुन्छ । यसले विशेषगरी खुट्टा र हातको व्यायाम हुन्छ ।

डाइट

– कुनै पनि व्यायाम सन्तुलित डाइटविना अधुरो हुन्छ । त्यसैले तेक्वान्दो खेल्दा पनि डाइटमा विशेष ख्याल राख्न जरुरी हुन्छ ।

– विहानको समयमा मनतातो पानी पिएर त्यसको केही समयपछि तेक्वान्दो शुरु गर्न सकिन्छ । कडा व्यायामको बेला भने झुक्किएर पनि पानी पिउनु हुँदैन । केही छिन थकाई मारेर मात्र पिउनुपर्छ । र, उठेर पनि पानी पिउनु हुँदैन ।

– तेक्वान्दो सक्काईसकेपछि पहिला झोलिलो पदार्थ सेवन गर्दा राम्रो हुन्छ । जसमा चना, केराउ, दाललगायतको भेजिटेवल सुपको प्रयोग गर्नुपर्छ ।

– चना, अण्डा, माछा, मासु, फलफुलहरुको मात्रा मिलाएर नियमित सेवन गर्नुपर्छ । किनकी खेल खेलिरहदा शरिरको शक्तिमा ह्रास आइरहेको हुन्छ ।

कस्ता मानिसले खेल्ने ?

– ठ्याक्कै यति उमेरदेखि तेक्वान्दो खेल्नुपर्छ भन्ने कुनै नियम छैन । तर, सानैदेखि खेल्दा राम्रो हुन्छ । ९-१० वर्षको उमेरदेखि नै आफ्नो बच्चालाई तेक्वान्दो खेलाउन सकिन्छ । सानो उमेरबाटै खेलको शुरुवात गर्दा सबैभन्दा राम्रो कुरा भनेको के भने उनीहरुमा पछिसम्म व्यायामको आदत बस्छ । जसले स्वस्थकर जीवन जिउनमा सहयोग पुर्याउने गर्छ ।

– मोटोपनाबाट ग्रसितहरुले पनि तेक्वान्दोको सहारा लिएर शरिरलाई सन्तुलनमा राख्न सक्छन् । उमेर ढल्किसकेकाहरुले पनि यो खेल्न सक्छन् । उनीहरुलाई त्यहीअनुसारको क्लास हुन्छ । प्रौढहरुलाई मेडिटेसनबाट तेक्वान्दोको सुरुवात गरिन्छ ।

– त्यति मात्र नभएर शारीरिक अपांगता भएकाहरुलाई पनि तेक्वान्दो निकै उपयोगी हुन्छ । गुरुले शारीरिक अवस्थाअनुसार प्रशिक्षण दिन्छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपांगता भएकालेहरुले पनि थुप्रै मेडल हात पारेका छन् ।

(बुढा नेपाल छाङ हुङ अन्तराष्ट्रिय महासंघका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment