Comments Add Comment

कंगनाको ‘मणिकर्णिका’ किन विवादित बन्दैछ ?

त्यसो त अभिनेत्री कंगना रनवतलाई बलिउडमा दुई भिन्न डाइमेन्सनबाट हेरिन्छ । एकातिर उनले फिल्ममा जुन हिरोइज्म कायम राखेकी छिन्, त्यसको खुलेर तारिफ गरिन्छ । अर्कोतिर उनले जुन विवाद निम्त्याएकी छिन्, त्यसले उनको छवि धुमिल बनाइदिएको छ ।

कंगना यस्ती अभिनेत्री हुन्, जसले फिल्ममा आफ्ना पुरुष को-स्टारभन्दा बढी पारिश्रमिक लिने गर्छिन् । यसअघि उनले शाहिद कपुरलाई उछिनेर बढी पारिश्रमिक लिएको चर्चाले बलिउड तातिएको थियो । ठिक सोही समयमा उनले ऋतिक रोशन लगायत बलिउड अभिनेताहरुसँग जोडेर केही विवादित तर्कहरु पेश गरिन् । यसले उनलाई फाइदा होइन, बेफाइदा भयो । एकपछि अर्को विवादमा तानिदै र झुट सावित हुँदै गएकी उनलाई बलिउड इभेन्टमा समेत निम्तो गर्न छाडिएको चर्चा चल्यो ।

यसैबीच उनी ‘मणिर्कणिर्का’ जस्तो ऐतिहासिक  र विग बजेट फिल्ममा काम गर्न थालिन् । यो फिल्म पनि विवादरहित हुन सकेन । सुरुदेखि नै यसले अनेकन विवाद झेल्नुपर्‍यो ।

फिल्मको सुरुवातमा अभिनेता सोनू सूदले फिल्म छाडे । पछि निर्देशकले पनि फिल्मबाट हात झिके । आखिरमा कंगनाले निर्देशनको कप्तानी सम्हालिन् । मणिकणिर्काका लागि कंगनालाई नै निर्देशनको क्रेडिट पनि मिल्यो ।

यसै साता ‘मणिककणिर्का’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कंगनालाई शानदार रुपमा पेश गरिएको छ । यद्यपी यो ट्रेलर हेरिरहँदा त्यसले फिल्म ‘जोधा अकबर’, ‘बाहुबली’कै झल्को दिन्छ । अर्थात यसमा नयाँ स्वाद पाइदैन ।

हुन त ट्रेलर सार्वजनिकसँगै कतिले यसलाई ‘ब्ल्कबस्टर’ फिल्मको तक्मा झुन्ड्याइदिएका छन् । कतिपयले भने यसको धज्जी पनि उडाएका छन् ।

फिल्मको ट्रेलरमा कंगनाको एक्सन दृश्य निकै तगडा छ । यद्यपी यसमा देखिने कतिपय दृश्य तपाईंले यसअघि अरु नै फिल्ममा देखेको भान हुन्छ ।

ऋतिक रोशनको फिल्मको एक डायलग हुबहु मणिकणिर्कामा लिइएको छ । जस्तो कि, ‘तू मोहेनजो दारो पर राज करना चाहता और मैं सेवा ।’ त्यसैगरी मणिकणिर्काको ट्रेलरको अन्त्यमा कंगना भन्छिन्, ‘झांसी दोनों को चाहिए, तुझे राज करना है और मुझे झांसी की सेवा करनी है ।’

हुन त ऐतिहासिक फिल्मका कतिपय पात्र, प्रवृत्ति र दृश्य मेल खान सक्छ । यसैगरी मणिकणिर्कामा पनि एउटा दृश्य हुवहु मिलेको भन्दै आलोचना गरिएको छ । उक्त दृश्य बाजीराव मस्तानीको जस्तै छ । दृश्यमा राजगद्दीमा बसेको पोज उस्तै देखिन्छ ।

बाहुबली -२ मा सबैभन्दा दमदार दृश्य थियो, हात्तीको सुँढमा टेकेर चढेको । त्यस्तै दृश्य मणिकणिर्कामा पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment