+
+

कुखुरा व्यावसायी संघको अध्यक्षमा पुनः अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ५ गते १९:००

५ पुस, हेटौंडा । मकवानपुर कुखुरा व्यावसायी संघको अध्यक्षमा पुनः राजु अधिकारी निर्वाचित भएका छन् । बिहीबार भएको संघको १२ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि निर्वाचित अधिकारीको नेतृत्वमा २३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, द्धितीय उपाध्यक्ष राजेन्द्र मैनाली, तृतीय उपाध्यक्षमा गोकुलनाथ पौडेल निर्वाचित भएका छन् । संघको महासचिवमा श्यामशुन्दर परियार, सचिवमा गम्भीर न्यौपाने, कोषाध्यक्षमा गोविन्द सापकोटा र सहकोषाध्यक्षमा प्रकाश दाहाल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा लीलामणि थापामगर, प्रतापसिं घलान, रविन ढकाल, प्रदीप अधिकारी, कृष्णबहादुर अधिकारी, मधुसुदन देवकोटा, पुरुषोत्तम रेग्मी, सूर्यकला तिम्सिना तामाङ, जोगबहादुर लामा, झम्कनाथ सुवेदी चयन भएका निर्वाचन समिति सदस्य पूर्णध्वज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?