Comments Add Comment

चितवनमा असारभित्र राष्ट्रिय परिचय पत्र बाँडिने

७ पुस, चितवन । चितवनमा आगामी असारसम्ममा राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । असार महिनासम्ममा परिचय पत्रका लागि आवश्यक तथ्यांक संकलन गरी वितरण गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

दोस्रो चरणमा परिचय पत्र बाँडिने १५ जिल्लाको सूचीमा चितवन पनि छ । सरकारले परिचय पत्र कार्यक्रम लागू गरेको जिल्ला वा तोकेको केन्द्र अथवा स्थानीय तह वा अन्य कार्यालयहरुमा नागरिकहरुले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराउन सक्नेछन् । यसै विवरणका आधारमा केन्द्रले परिचय पत्र उपलब्ध गराउने महानिर्देशक काफ्लेले बताए । आम नागरिकका बारेमा व्यक्तिगत सूचना संकलनका लागि विभिन्न स्थानमा घुम्ती टोली परिचालन गरिने उनले बताए ।

परिचय पत्रको अग्र भागमा नाम, थर, जन्म मिति, लिंग, राष्ट्रियता, राष्ट्रिय परिचय नम्बर, आमाबाबुको नाम, फोटो, परिचय पत्रबाहकको फोटो, जारी मिति र बाहकको हस्ताक्षर हुनेछ । त्यस्तै, पछाडिपट्ट िभने स्थायी ठेगाना, नागरिकताको किसिम, पतिपत्नीको नाम, बाजेको नाम, नेपालको नक्सा, प्रमाणपत्र जारी गर्नेको नाम, थर र पद रहने छ ।

नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्रका रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेटि्रक स्मार्ट कार्ड वितरण गरिने छ । वृद्धभत्ता र अन्य सामाजिक भत्ता पनि यसै कार्डको प्रयोग गरी जुनसुकै बैंकबाट रकम निकाल्न सकिने महानिर्देशक काफ्लेले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले परिचयपत्रले कर, राजस्व छलीलगायतका आर्थिक अनियमितता नियन्त्रणमा ठूलो मद्दत पुग्ने, वैदेशिक रोजगारीको क्षेत्रलाई सुशासित तुल्याउन मद्दत गर्ने, भूमि व्यवस्थापनका क्षेत्रमा हुने अनियमितता र अनधिकृत कारोबार नियन्त्रण हुने, सुशासन कायम गर्न उपयोगी हुने बताए ।

एक व्यक्ति एक परिचय पत्र नम्बर प्रणालीमा नागरिकता, पासपोर्ट, सवारी चालक लाइसेन्स पनि समेटिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment