Comments Add Comment

पार्टी लगतै सलमानको घर किन पुगिन् प्रियंका ?

नायिका प्रियंका चोपडा र नायक सलमान खानको दुश्मनी अब विस्तारै सकिदैछ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् । यसपछि सलमान प्रियंकासँग रिसाएका थिए ।

तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित भए । सलमानको प्रवेश पार्टीको सर्वाधिक चर्चाको बिषय बनेको थियो । सलमान खान पार्टीमा उपस्थित भएपछि नायिका चोपडा पनि खुबै खुशी देखिएकी थिइन् । यसैले, उनले पार्टी सकिए लगतै सलमान खानको घरमा पुग्ने निर्णय गरिन् । सलमानको परिवार यो पार्टीमा उपस्थित हुन सकेको थिएन ।

यसैले, आफ्ना श्रीमान् निक जोनसलाई लिएर प्रियंका सलमानको ग्यालेक्सी अपार्टमेन्ट पुगेको भारतीय मिडियामा उल्लेख छ । उनले, ग्यालेक्सी अपार्टमेन्टमा सलमानको परिवारसँग भेटेर आर्शिवाद लिएकी थिइन् । सलमानको घरमै पुगेर प्रियंकाले भेटघाट गरेपछि उनीहरुविचको शितयुद्ध अब सकिएको अड्कल लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment