Comments Add Comment

अख्तियारमा एक वर्षमा १९ हजार उजुरी, शिक्षाका सबैभन्दा धेरै

९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले राष्ट्रपतिसमक्ष २ सय ४७ पृष्ठको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७४/७५ अख्तियारमा १९ हजार ४ सय उजुरी परेको छ । जसमध्ये ६ हजार ४ सय ५८ वटा प्रारम्भिक छानबिन गरेर तामेलीमा राखेको, २ सय ६२ वटा सुझावसहित तामेलीमा राखेको, ५ सय ४६ वटामा विस्तृत अनुसन्धान गरिएको र ५ हजार १ सय ३४ वटामा अन्य आवश्यक कारबाही भएको अख्तियारले जनाएको छ ।

सोमबार अख्तियार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामेश्वर दंगालले अख्तियारले गत आर्थिक वर्षमा १६ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए । त्यस्तै भ्रष्टाचार मुद्दामार्फत तराईमा ४ सय १० विघा १३ कठ्ठा र पहाडमा ५३ रोपनी ६ आना जग्गा सरकारको नाममा ल्याउन सफल भएको पनि उनले बताए ।

उनका अनुसार अख्तियारमा सबैभन्दा धेरै उजुरी शिक्षासम्बन्धी र दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी बढी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment