+
+
Shares

मकाउ पठाइदिन्छु भनेर ठगी गर्ने थापा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १० गते १२:२८

१० पुस, काठमाडौं । मकाउ पठाइदिन्छु भनी ९ लाख रुपैयाँ ठगी गर्ने मनाङका उमेश पुन भन्ने राजेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७१ सालमा अनुमति विना नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी मकाउ पठाइदिने भन्दै डम्बरजंग सारु मगरसमेतलाई ठगी गरेका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पुस ८ गते काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असोज ३० गते ३ वर्ष कैद र   ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । न्यायाधीकरणले थापाबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसमेत गरी १३ लाख ५० हजार रुपैयाँ भराइदिन पनि फैसला गरेको थियो ।

थापालाई पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकाररी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?