१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुबीच भेटवार्ता भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरु प्रधानमन्त्रीलाई भेट्न मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास वालुवाटार पुगेका हुन् ।
संविधान संशोधनलगायतमा माग पूरा गर्ने शर्तमा सरकारलाई समर्थन गरेको राजपाले आफूहरुको माग पूरा नभएको भन्दै समर्थन फिर्ता लिनेसमेत चेतावनी दिएको छ ।
मंगलबार त्यसै विषयमा छलफल हुने एक नेताले बताए । छलफलमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, महिन्द्र राय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4