१० पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको बताएका छन् ।
मंगलबार सार्वजनिक लेखा समितिको वाइडबडी विमान खरिद सम्बन्धमा गठित उपसमिति बैठकमा बोल्दै मन्त्री अधिकारीले महालेखासँग छलफल गरेरै भुक्तानी गरेको दावी गरेका हुन् ।
बैंठकमा सांसदहरुले महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको ठहर गरेको भन्दै किन जहाजको किस्ता रकम भुक्तानी दिएको भनेर मन्त्रीलाई प्रश्न गरेका थिए ।
महालेखा परीक्षक कार्यालयले पहिले जहाज ल्याऊ हेर्ने कुरा पछि हेरौंला भन्ने राय दिएपछि भुक्तानी दिएर जहाज ल्याएको उनले बताए । आफूले चाहेको भए त्यतिबेला जहाज रोक्न सक्ने भए पनि नरोकेको मन्त्री अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4