१० पुस, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पमा क्षति भएका ७७ प्रतिशत निजी घर निर्माण भएको बताएको छ ।
प्राधिकरणले मंगलबार गरेको पत्रकार सम्मेलनमा घर पुननिर्माणका लागि अनुदान सम्झौता गरेका ७ लाख ४२ हजार १ सय ३५ घरमध्ये ३ लाख ३७ हजार ३ सय १९ घर निर्माण भइसकेको र २ लाख ३३ हजार ३ सय ४३ घर निर्माणको चरणमा रहेको जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ७ लाख ४२ हजारको ४५ प्रतिशत घरधुरीले घर निर्माण पूरा गरिसकेका र ३२ प्रतिशत घर निर्माणको चरणमा रहेका हुन् ।
दुबै जोड्दा ७७ प्रतिशत घरहरु निर्माण भएका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या ५ लाख ७० हजार ६ सय ६२ रहेको छ ।
प्राधिकरणले भूकम्पमा क्षति भएका व्यक्तिगत घर संख्या ८ लाख ८४ हजार ८ सय वटा पहिचान गरेको छ । जसमा पुनर्निर्माण लाभग्राही ८ लाख २२ हजार ९०९ र प्रवलीकरणमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ रहेको छ ।
प्रतिक्रिया 4