Comments Add Comment

प्रधानमन्त्रीले भने– सांसदलाई द्वारपाले नबनाउनुस्, मन्त्री आकाशबाट खसेका होइनन्

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरुबाट मन्त्रीका बारे गुनासो आएको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

सांसद र मन्त्रीहरु सँगै राखेर प्रधानमन्त्रीले भने– ‘सांसदहरु मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने भन्ने कुरा बेठीक छ । सांसदहरु द्वारपाले होइनन्, मन्त्रीहरु पनि आकाशबाट खसेका अलौकिक मान्छे होइनन् । पहिलो प्राथमिकता जनप्रतिनिधिले पाउनुपर्छ ।’

मन्त्रीहरुले भेट नदिएको र जनताको काम गर्न नसकिएको भन्ने अधिकांश सांसदहरुको गुनासो सुनुवाई गर्दै प्रधानमन्त्रीले दलको बैठकमा सबै मन्त्रीलाई राखेर निर्देशन दिएको नेकपा सांसद झपट रावलले बताए । प्रधानमन्त्रीले सांसदको गुनासोलाई गम्भीरतपूर्वक लिएको उनले बताए ।

संसदीय दलको बैठकमा दलका नेता ओली र पार्टी अध्यक्ष प्रचण्डले सांसदहरुलाई सम्बोधन गरेका थिए । दुवै नेताले सरकारको बचाउमा सशक्त ढंगले संसदमा प्रसतुत हुन सांसदहरुलाइ निर्देशन दिएका छन् । बैठकले नेकपाको संसदीय दलको विधान समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment