Comments Add Comment

शुरु भयो ‘पोखरा सडक महोत्सव’

१३ पुस, पाेखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा आजदेखि शुरु भएको महोत्सव पुष १७ गतेसम्म जारी रहनेछ ।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानी बनाएरै छाड्ने उद्घोष गरेका छन् ।

उनले पोखरा प्रदेशको राजधानी सँगसँगै पर्यटकीय केन्द्र समेत बताएको बताए । लेकसाइड पोखरोको मूटू भएको बताउँदै उनले यसलाई पर्यटकीय राजधानी बनाउने सोचका साथ केन्द्र सरकार समक्ष सिफारिस गरेको बताए ।

मुख्यमन्त्री गुरुङले पोखरा प्रकृतिको वरदान भएकाले यसलाई समृद्धिमा परीणत गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले प्रयास गरिरहेको उल्लेख गरे ।

मुख्यमन्त्री गुरुङले पोखरालाई चौविसै घण्टा खुलाइने बताए । उनले भने, ‘पोखराका मुख्य क्षेत्रहरु चौविसै घण्टा खुलोस् भन्ने चाहन्छ प्रदेश सरकार, चौविसै घण्टा होटल, रेष्टुरेण्ट खुलोस्, व्यापार व्यवसाय होस् भन्ने चाहन्छ, त्यसका लागि हामीले तयारी तिव्र बनाएका छौं ।’

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा रहेको छ । ‘अगंेजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।

आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षणका साथै प्रवर्द्धन गर्ने महोत्सवको उद्धेश्य रहेको रेवान पोखराका अध्यक्ष बुधराज भुजेलले जानकारी दिए ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने उनले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने रेवान पोखराका निवर्तमान अध्यक्ष सूर्यबहादुर भुजेलले बताए ।

उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली तथा भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती दिनेछन् ।

त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले जानकारी दिए । यसैगरी सडकमा मिनि स्टेजका रुपमा ट्रक राखेर लाइभ कन्सर्ट आयोजना गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment