Comments Add Comment

निर्मलालाई न्याय माग्दै बालुवाटारमा प्रदर्शन

१४ पुस, काठमाडौं । निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।

विवेकशिल साझा पार्टीले ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि प्रर्दशन गरेको हो । न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको दाबी गरे ।

कञ्चनपुरकी १३ वषर्ीया पन्तको बलात्कारपछि हत्या भएको ५ महिना वितिसक्दा पनि दोषी पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment