Comments Add Comment

धुमधामको घुमघाम : हनिमुन गन्तव्य दुबई

जमघट गर्नु, मिठो-मसिनो खानु, नाचगान गर्नु जस्तै घुमघाम पनि खुसीको एक स्रोत हो । सधै कामधन्दा, करियर, पढाई, परिवारको चक्करमा लागिरहँदा हाम्रो जीवन निरास र दिक्कलाग्दो हुनपुग्छ । यस्तो अवस्थामा के गर्ने ?

विकल्प हो, घुमघाम गर्ने ।

एकनासे र दिक्कलाग्दो दैनिकीबाट छुटकारा लिने उपाय हो, घुमघाम । अहिले त यो जीवनशैलीकै एक हिस्सा भएको छ । अक्सर बर्षमा एक दिन भएपनि परिवारसहित घुम्न निस्कने प्रवृत्ति विकास हुँदैछ ।

विश्वका मानिस खासगरी उन्नत मुलुकमा मानिसहरु घुमघामलाई जीवनकै प्राथमिकतामा राख्छन् । एकै किसिमको दैनिकीबाट उम्किएर उनीहरु टाढाका गन्तव्यमा पुग्छन् । उन्मुक्त रमाउँछन् । यसले जीवनमा नयाँ उर्जा र उत्साह थप्छ भन्ने उनीहरुको मान्यता छ ।

हामीकहाँ चाहि सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ सेर्पाले प्रथम पटक सगरमाथा आरोहणले विश्व समुदायमा हिमालवारे कौतुहता वढ्यो । त्यसपछि विदेशी पर्यटकहरु हिमाल हेर्न, चढ्न आउने क्रम सुरु भयो । यसरी नेपाल घुम्न आउने पर्यटकहरुवाट नेपालीमा घुम्ने संस्कृति विकास भएको मानिन्छ ।

अहिले विदेशीहरु मात्र हाम्रो पाहुना बन्न आउँदैनन् । हामी नेपाली पनि विदेशीको पाहुना बन्न पुग्ने गरेका छौं । विदेशसम्मको सयर गरेर फरक अनुभूति संगाल्ने लहर नै चलेको छ । यस किसिमको घुमघामले मुड फ्रेस मात्र गराउने नभई सांस्कृतिक आदनप्रदान पनि हुने गरेको छ ।

घुमघामको खास काइदा भनेकै, एक ठाउँको खानपान, शैली, संस्कृति अर्को स्थानमा फैलाउनु वा फैलनु हो । यद्यपी कतिपय भने विन्दास मुडमा हुन्छन् । उनीहरु फगत मनोरञ्जन लिन्छन् । आखिर जे भएपनि घुमघामले फाइदा नै गर्छ ।

अहिले नजिकका गन्तव्य गोवादेखि बैंकक, बाली, दुबई जाने चलन बढी छ । कतिपय स्थानमा घुम्नका लागि अहिले अनुकुल मौसम मानिन्छ । किनभने यतिबेला चिसो सुरु भएको छ । खासगरी गर्मी स्थानहरु यही मौकामा घुम्न बढी उपयुक्त हुन्छ ।

पारिवारिक घुमघामका लागि

घुमघामको कुरा गर्दा अहिले दुवई मूख्य गन्तव्यमा पर्छ । खासगरी पारिवारिक घुमघामको लागि राम्रो गन्तव्य हो यो ।

यतिबेला हामीकहाँ जाडो विदा पनि छ । छोराछोरीको विद्यालयमा विदा भएको मौका छोपेर घुमघाममा निस्कनेहरुले दुबईलाई गन्तव्य बनाउन सक्छन् । पारिवारिक घुमघामका लागि यो निकै अनुकुल स्थान पनि हो । सुरक्षा र सहजताको दृष्टिकोणले ।

त्यसै पनि बालबालिका यात्रामा रमाउँछन् । उनीहरुका लागि यो नयाँ र रोमान्चक अनुभव पनि हुन्छ । बालबालिकाले घुमघामबाट धेरै कुरा सिक्ने, जान्ने मौका पाउँछन् । यसर्थ पारिवारिक घुमघामको सोंचमा हुनुहुन्छ भने अहिले अनुकुल अवसर छ ।

हनिमुनका लागि

कतिपयले भर्खरै विवाह गरेका छन् । विवाह गरेर नयाँ जोडी बाँधेकाहरुले हनिमुनको तयारी गरेका होलान् । हनिमुनको आफ्नै महत्व र अर्थ छ, नव जोडीका लागि । यसले उनीहरुलाई आपसमा नजिक ल्याउने, एकअर्काको आनीबानी बुझ्न मद्दत गर्ने जस्ता थुप्रै फाइदा पुग्छ । अतः हनिमुनको तयारीमा हुनुहुन्छ भने पनि दुबई उपयुक्त गन्तव्य हो । समय पनि अनुकल छ ।

के हेर्ने दुबईमा ?

दुबईमा हेर्नलायक र बुझ्नलायक थुप्रै कुरा छन् । यो एक यस्तो संसार हो, जसलाई पूर्णत मानव निर्मित भने हुन्छ । यहाँ अग्ला र आश्चर्यलाग्दा संरचनाहरु छन्, जसलाई मान्छेले खिपेका हुन् । मान्छेको सिर्जनशिल मस्तिष्क र मेहनती हातको संयोजन हो, दुबई ।

दुबईको यात्रा गरिरहँदा त्यहाँका गगनचुम्बी भवन र अन्य भौतिक संरचनाले हाम्रो ध्यान खिच्छ । र, सोच्न वाध्य बनाउँछ, आखिर गरे के हुँदैन ?

दुबईमा विश्वकै किनमेल बजार पनि हो । अर्थात दुबई आफैमा एक किनमेल गन्तव्य हो । त्यहाँ विश्वभरका ब्रान्डेड तथा नन ब्रान्डेड सामाग्रीहरुको मेला लगाइन्छ । विश्वमा के कस्ता उत्पादन छन् भनेर हेर्नका लागि अन्यत्र चाहर्नु पर्दैन, केवल दुबईको फन्को लगाए पुग्छ ।

डेजर्ट सफारी

हामी भुपरिवेष्ठित मुलुकमा छौं । चारैतिर जमिनले घेरिएको । न समुन्द्र छ, न अनन्त फैलिएको बालुवाको संसार छ । यदि यी दुबैको समायोजन हेर्ने हो भने, दुबई पुग्नुपर्छ ।

समुन्द्री किनारमा बसेर सूर्योअस्तको दृश्य नियाल्नुको बेग्लै मज्जा छ । त्यससँगै डेजर्ट सफारी यहाँको खास विशेषता हो । हाम्रो लागि यो नितान्त नौलो र रोमान्चक अनुभव हुनेछ ।

समग्रमा दुबई हरेक कुराको समायोजन र संयोग हो । यहाँ के छैन ? अनन्त समुन्द्र छ । मनमोहक समुन्द्री तट छ । मरुभूमी छ । अत्याधुनिक संरचना छ । र, आरमदायक जीवनशैली छ । यी सबै कुराको अनुभव लिनका लागि एक पटक दुबई पुग्नैपर्छ ।

कसरी पुग्ने दुबई ?

दुबई पुग्नका लागि केही विकल्प छन् । अहिले विभिन्न ट्राभल एजेन्सीले पनि दुबईको टुर प्याकेज सञ्चालन गरिरहेको छ । यस अन्र्तगत पाँच वा ६ दिनको टुर प्याकेज बनाएर यात्रा गर्न सकिन्छ ।

सामूहिक यात्रा गर्दा कतिपय समस्याहरु झेल्नुपर्दैन । त्यसो त दुबईमा नेपालीहरु प्रशस्तै छन् । उनीहरुसँग भेटघाटले फरक किसिमको मनोरञ्जन दिलाउँछ ।

तर, घुमघाममा निस्कनुअघि केही तयार र गन्तव्यको बारेमा जानकारी लिइयो भने थप रोमाञ्चक अनुभव सम्हाल्न सकिन्छ । विना तयारी यात्रा गर्दा त्यो खल्लो पनि हुनसक्छ ।

सन् २००७ मा विश्वकै सबैभन्दा बढी भ्रमण गरिएको मुलुकमा दुबई आठौं नम्बरमा थियो । दुबईलाई किनमेलको राजधानी पनि भनिन्छ । कतिपयले यसलाई किनमेलको स्वर्ग नाम दिएका छन् । दुबईमा ७० भन्दा बढी त सपिङ मल नै छ ।

लेखक स्पोर्टस् टुर्स एन्ड ट्राभलका मानव संशाधन प्रमूख हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment