Comments Add Comment

टेबुल कुर्सी फालिएपछि प्रेम सञ्जेल कार्यालय जान छाडे

१६ पुस, बिराटनगर । श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी हटाइएको छ । आफ्नो सरुवाको विरोध गर्दै आएका सञ्जेलको कार्यकक्षबाट तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपले टेबुल कुर्सी हटाइदिएका हुन् ।

गत सोमबार आफ्नो सरुवाको विरुद्ध पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेलसँग गोपको विवाद भएको थियो । भष्ट्राचारीका रुपमा आफ्नो नाम लिएको भन्दै गोपले सञ्जेलको कार्यकक्षका टेबल कुर्सी बाहिर फालेका हुन् ।

गोपले कार्यकक्षको टेबुल कुर्सी निकालेपछि सञ्जेल फर्केर श्रम कार्यालय पुगेका छैनन् ।

गत सोमबार फालिएका टेबुल कुर्सी र सोफामध्ये कार्यलय सहयोगीले कुर्सी र सोफा भने कार्यकक्षमा ल्याएका छन् । तर, टेबुल भने अझै बाहिरै फालिएको छ ।

गोपको पनि सुरुवा

सञ्जेलको कार्यकक्षको टेबुल कुर्सी बाहिर फाल्ने तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपको पनि सरुवा भएको छ । करिब २ वर्षयता विराटनगर कार्यालयमा निमित्त प्रमुखको रुपमा काम गरेका गोपको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मिनभवन काठमाडौंमा सरुवा भएको छ ।

बरिष्ठतम अधिकृतको सरुवा भएपछि काम काज गर्ने गरी निमित्त प्रमुखको जिम्मेवारी अधिकृत ताम्रराज काफ्लेलाई दिइएको छ ।

श्रम स्वीकृति पनि प्रभावित

सरुवा विवादले बैदेशिक रोजगारीको श्रम स्वीकृति दिने कार्य पनि प्रभावित छ । पुस १५ गतेबाट बिराटनगरबाट बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने तयारी भएको थियो । तर, कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलको सरुवा र निमित्त प्रमुख मणिनाथ गोपको सरुवाका श्रम स्वीकृतिको काम हुन सकेको छैन ।

यो पनि पढ्नुहोस सरुवापछि उपसचिवको आक्रोश : कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित !

बैदेशिक रोजगार बिभागले काठमाडौं बाहिर पहिलोपटक बिराटनगरबाट श्रमस्वीकृत दिने कार्यको थालनी गर्ने तयारी गरेको थियो । तर, प्राविधिक कठिनाइका कारण कार्यक्रम लम्बिएको अधिकृत काफ्लेले बताए ।

केन्द्रबाट कर्मचारी र मेसिनरी सामाग्री आइपुगेकाले केही दिनभित्रै सुरु गर्ने काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment