Comments Add Comment

नेपालमा सन् २०१८ : प्रेस स्वतन्त्रता विरोधी वर्ष !

१६ पुस, काठमाडाैं । अंग्रेजी नयाँ वर्ष नजिकिएसँगै सन् २०१८ को बिभिन्न क्षेत्रमा समीक्षा गर्न थालिएको छ । सोही क्रममा फ्रिडम फोरम (स्वतन्त्रता मञ्च)ले प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षासहितको वक्तव्य सार्वजनिक गरेको छ ।

सन् २०१८ प्रेस स्वतन्त्रता विरोधी वर्ष रहेको निश्कर्ष मञ्चको छ । प्रेस स्वतन्त्रा उल्लंघनका घटना बढ्नुका साथै पत्रकारविरुद्ध हुने हिंसासम्बन्धी दण्डहीनता कायमै रहेको भन्दै मञ्चले यस्तो निश्कर्ष निकालेको हो ।

यसै वर्ष प्रेस स्वतन्त्रता संकुचित पार्ने कानूनहरु तथा नीति बन्नु, पत्रकारमाथि हातोत्साह, आधारहीन आरोप, स्वस्थ आलोचनामाथि प्रहार, मन्त्रिपरिषदका निर्णयहरुको सार्वजनिकीकरणमा संकुचन, मिडिया नीति तथा कानून सुधारमा शून्य सकारात्मकताको आधारमा मञ्चले यस्तो निश्कर्ष निकालेको हो ।

साथै पत्रकार स्वयंमले राजनीतिक संरक्षणमा रमाउनु जस्ता घटनाले नेपालमा सन् २०१८ मा प्रेस स्वतन्त्रता कायम रहन नसकेको मञ्चले उल्लेख गरेको छ ।

संस्थाको तथ्यांक अनुसार यो एक वर्षमा प्रेस स्वतन्त्रता उल्लंघनका ९८ घटनामा २२३ भन्दा बढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । यो अघिल्लो वर्षको भन्दा बढी हो । सन् २०१७ मा ६६ वटा घटना भएका थिए ।

सबैभन्दा बढी प्रेस स्वतन्त्रता उल्लंघनका घटना प्रदेश ३ मा ३७ वटा भएका छन् । प्रदेश २ मा १८, प्रदेश १ मा ५, गण्डकी प्रदेशमा १२, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा १२ वटा घटना भएको मञ्चको तथ्यांक छ ।

सन् २०१८ मा पत्रकारमाथि हुने दमनमा सुरक्षाकर्मीको संलग्नता धेरै देखिएको छ । ४० वटा घटनामा सुरक्षाकर्मीकै संलग्नता रहेको तथ्यांक छ । १३ जना पत्रकार पक्राउ परेकोमा ७ जनालाई मुद्दा लगाइएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment